कृष्ण बा बुढा असोज २० बर्दिया / बर्दियाको बांँगढिमा प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोकेको खुशियालिमा दिप प्रज्वलन गरेर खुशियााली मनाईएको छ ।
प्रदेश सभाको हिजो बसेको बैठकले दुईतिहाई मत बाट प्रदेश ५ को राजधानी तोकेको हो । सो प्रस्तावको पक्षमा उपस्थित ८२ सांसदमध्ये आज ६९ सांसदले मतदान गरेका थिए भने विपक्षमा १३ सांसदले मतदान गरेका थिए । दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी सर्वसम्मत पारित भएको खुशियालिमा बाँसगढी नगरपालिकाले सपुर्ण नगर बासिलाइ दिप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।
उक्त दिप प्रज्वलन कार्यक्रममा नगर प्रमुख शालिकराम अधिकारी कार्यकारी प्रमुख टोपेन्द्र केसि इलाका प्रशासन प्रमुख ५ वडा अध्यक्ष नरेन्द्र गिरि लगाएत बाँसगढी का युबा व्यवसायी तथा अन्य नागरिकको उल्लेख सहभागिता थियो ।उक्त कार्यक्रम मा नगर प्रमुख ले सम्पुर्ण माननीय लगाएत सबै लाई धन्यवाद दिनुभयो । प्रदेश ५ को राजधानी को नामाकरण लुम्बिनी र दाङ को भालुवाङ मा हुनु हामी सबै लाई गर्व को कुरो भएको र यो छिटै कार्यान्वयन मा आउनु पर्ने कुरा मा जोड दिनुभयो ।
No comments:
Post a Comment