बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमणपछि होम आइसोलेशनमा रहेका थापा शनिबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि ओम अस्पतालको आईसीयूमा भर्ना भएका हुन् ।
संक्रमणको तीन दिनपछि थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएको थियो ।
थापा अहिले चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा छन् । अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर फिजिसियन डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठलगायतको टोली खटेको छ।

No comments:
Post a Comment