असोज १२ बर्दिया /बर्दियाको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनी सुरुवाती चरणदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणमा खटिदैं आएकी थिइन् । उप–प्रमुख गौतम अहिले होम आइसोलेसनमा बसिरहेको छिन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै कोरोनालाई जितेर चाँडै नै नियमित काम फर्किने जानकारी दिइन् ।
No comments:
Post a Comment