Sunday, November 1, 2020
आजको राशिफल/आज २०७७ कार्तिक १६ गते आइतवारको राशिफल
आजको राशिफल/आज २०७७ कार्तिक १६ गते आइतवारको राशिफल आजको पञ्चाङ्ग वि.सं. २०७७ कार्तिक १६। आइतबार। इ.सं. 1 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादी । दक्षिणायन । शरद ऋृतु । कार्तिक कृष्णपक्ष। तिथि प्रतिपदा , २१:३९ बजे उप्रान्त द्वितीया नक्षत्र भरणी , २०:५८ बजे उप्रान्त कृत्तिका योग व्यतीपात , ३०:१० बजे उप्रान्त वरियान् करण वालव ०८:३७ बजेदेखि कौलव , २१:३९ बजे उप्रान्त वणिज चन्द्रराशि मेष । आनन्दादी योग काल । दिनमान २७:३६ पला । सूर्योदय ०६:१५ बजे । सूर्यास्त बेलुका १७:१८ त्रिपुष्कर योग २१ः३९ बजेपछि। तपाईको आजको राशीफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथीको आगमनपनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा सङ्का र मनमा दुविधा उत्पन्न होला । सामान हराउन सक्छ । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक कामपनि हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment