Saturday, November 14, 2020

बाँसगढिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्ती तथा कवि गोष्ठी सम्पन्न ! 


 कृष्ण बा बुढा कार्तिक २९ बर्दिया /नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती तथा गोष्ठी कवि आज बाँसगाढी को बाँसगढी बहुमुखी क्याम्पस को सभा हल मा सम्मपन्न गरिएको छ । बाँसगढि बहुमुखी क्याम्पसको आयोजनामा गोष्ठी गरिएको हो ।                                                                                                        टुकनाथ भुसालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी महेन्द्र बहुमुखी क्याम्पसका सहाय प्रमुख इन्द्र भन्डारी हुनुहुन्थ्यो। साथै अतिथिहरुमा पुर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष महान्द ढकाल लगाएत अन्य साहित्यकरहरु र पत्रकार लगाएत को बाक्लो उपस्थित रहेको थियो ।                             

                                                                                   उक्त कार्यक्रम मा आफ्ना भनाइ राख्दै प्रमुख अतिथी इन्द्र भन्डारीले दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाले साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो। उहाँले देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरुको स्मरण गर्दै तिनले नेपाली साहित्य मा पुर्याएको योगदान नेपाली साहित्यक जगतकै उच्च स्थानमा रहेको बताउनु भयो । साथै उहाँले देवकोटाले १०० भन्दा बढी कृतिका माध्यमबाटनेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको जिकिर गर्नु भयो।                                                                         स्मरण रहोस नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।                                                                      कार्यक्रमा साहित्यकारहरुले आफ्ना कविता तथा रचनाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा बोल्ने वक्ताहरुले अब यस क्षेत्रमा पनि साहित्य लाई जगेर्ना गर्नको लागि आवश्यक कदम चाल्नु पर्न बताए ।                                                   कार्यक्रम संयोजक ईश्वरि रिजालले सबैलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण हरि सुवेदिले गर्नु भएको थियो

No comments:

Post a Comment