कंचनपुर,११ मङ्सिर ।
पुनर्वास नगरपालिका -४ निवासी गोपाल तामाङका १२ वर्षीय छोरा सिजन मोक्तानलाई ब्रेन ट्युमर भएको छ । छोराको जीवन रक्षाको निमित्त आर्थिक सहयोग गरिदिनु हुन सम्पुर्ण मनकारी मनहरुसंग बालकको पिता गोपाल तामाङले हार्दिक अनुरोध गरेका छन् ।
बिरामी सिजनको ४ / ५ महिना अगाडि ब्रेन ट्युमरको अप्रेसन गरिएको तर उक्त ब्रेन ट्युमर अरु भन्दा खतरनाक पाइनियोब्लास्टोमा भएकाले उपचारको रकम पनि धेरै र उपचार गर्न पनि धेरै नै गाह्रो हुने तथा यस्तो खाले ब्रेन ट्युमर हजारौ-लाखौमा १ जनालाइ हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन । हाल बिरामीलाई नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (Nepal cancer hospital and research center) हरिसिद्दी ललितपुर आइसियुमा राखेर उपचार भैरहेको छ ।अहिले सम्म बिरामीको बुवाआमाले आफूसंग भएको २५ लाख सबै सकेर आफन्तले सहयोग गरेको २ लाख पनि सकिसकेको जानकारी गराउनुभएको छ । 
शिक्षण पेशामा कार्यरत विरामीको बुवा गोपाल तामाङले आफ्नो जीवनभरको कमाई छोराको उपचारमा सकिसकेकाले अब आफुसंग कुनै विकल्प नभएको हुदा छोरालाई बचाउन मनकारी मनहरुमा हार्दिक अनुरोध गरेको छन् ।
देश तथा विदेश बाट सहयोग गर्न चाहनुहुने मनकारीमनहरुले बिरामीको बुवासग सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ। सहयोग IME गर्नको लागि तलको नाम र नम्बरमा प्रयोग गर्न सक्नु हुनेछ।
Gopal Tamang.
Citizenship No. 142
mobile no.- +9779808988160
यदि सम्पर्क गरि बैंक खातामा सिधै जम्मा गर्नका निम्ति
Gopal Tamang
A/C no. – 3802954419952401
NIC Asia bank dhangadh,i kailali Nepal
No comments:
Post a Comment