पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित आनन्दबजारमा पूर्णबहादुर शाहीको जस्ता पाताले छाएको घरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ग्यास सिलिण्डर लिक भई भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको बताए ।
आगलागीमा घरमा रहेका खाद्यान्न, लत्ताकपडा, सरसामान, भाडाकुडा सबै जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले बताए ।
No comments:
Post a Comment