कञ्चनपुर, १७ कार्तिक
पुनर्वाससंग सिमाना जोडिएको भारतको दुधवा जंगलमा एक नेपाली महिला मृत फेला परेको छ । यो समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन ।
मृतक महिलाको साथमा नर देवी कठायतको नाममा जारी नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ । फेला परेको नागरिकताको प्रमाणपत्रमा उमेर ५५ वर्ष पुगेको, श्रीमानको नाम राजेन्द्र सिंह कठायत, बुवाको नाम काशी बोगटी र ठेगाना साविक परासन गाविस ३ (हालको पुनर्वास नगरपालिका–८) उल्लेख रहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव भारतीय प्रहरीको निगरानीमा रहेको छ ।
Monday, November 2, 2020
पुनर्वास नजिकै भारतीय दुधवा जंगलमा नेपाली महिला मृत अवस्थामा फेला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment