Tuesday, December 15, 2020

पुनर्वास नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवनको शिलान्यास: सेवा प्रवाहमा नयाँ कोशे ढुङ्गा साबित हुने विश्वास ।

 


-यमप्रसाद आचार्य
मंसिर ३०, पुनर्वास/   
कंचनपुरको पुनर्वास नगरपालिकाको सुबिधासम्पन्न प्रशासकीय भवनको शिलान्यास आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। मंगलबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा र नगर उप-प्रमुख शारदा बिष्टद्वारा सयुक्त रुपमा सुबिधासम्पन्न प्रशासकीय भवनको शिलन्यास गरिएको हो । 

                     

भवनको शिलान्यास गर्दै नगरप्रमुख जीवनराज थापाले प्रशासकीय भवनको निर्माणले नगरपालिकाको प्रभाााकारी कार्य सम्पादन गर्न ठूलो मद्दत मिल्ने र सेवा प्रवाहमा नयाँ कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन। उनले भवन अभावका कारण शिक्षा, स्वास्थ देखि विभिन्न अन्य शाखाहरु अत्यन्तै सिमित ठाउँमा संचालन गरेको स्मरण गर्दै त्यसले सेवाग्राही समेतलाई असहज स्थिति सृजना गरेको बताए। प्रमुख थापाले भवनको निर्माणले भने सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।                                              त्यस्तै उप-प्रमुख शारदा बिष्टले पुनर्वास नगरपालिका पुर्ण पुर्वाधार मैत्री दिशामा उन्मुख भएको भन्दै खुशी व्यक्त गरिन । उनले नगरपालिका मात्रै नभइ नगरपालिका सबै वडामा वडा भवन निर्माणले गति लिएको बताउदै यसमा सबैले खुशी हुनु पर्ने बताइन् ।     

   
       २०७७ मंसिर १४ गते ठेक्का सम्झौता भई २०७८ फाल्गुन २५ गते सम्पन्न गर्ने गरि धनगढीको आशिष रश्मि जे.भि. धनगढीले नगरपालिकाको लागत स्टिमेट २ करोड ६० लाख ५३ हजार सात सय तिन रुपैया पच्चीस पैसा रहेकोमा १ करोड ६९ लाख २२ हजार ४ सय असि रुपैँया असी पैसा बिलोमा प्रशासकीय भवन निर्माणको ठेक्का पाएको छ ।                                                        भवन नगरपालिकाको कम्पाउण्ड भित्र बन्न लागेको हो। भवन ३ तलाको हुने र १८ वडा कोठा रहने नगरपालिकाका प्राविधिक लालमान तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी  दिएका छन ।

No comments:

Post a Comment