Sunday, December 13, 2020

कञ्चनपुरमा राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको माग सहित प्रदर्शन


कञ्चनपुर, २८ मंसिर 
राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको माग सहित राजावादी र हिन्दुवादी समर्थकहरूले शनीबार कञ्चनपुरको बेलौरी पुनर्वास क्षेत्रमा प्रदर्शन गरेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा भएको मोटरसाईकल रयालीमा झण्डै २ सय बढीको सहभागिता रहेको बताइएको छ । “जनता आउँ, राजा ल्याउँ, देश बचाउँ”, “हिन्दु राष्ट्र कायम गरौँँ” र “राजा सहितको प्रजातन्त्र स्थापना गरौँँ” भन्ने मूल नाकाका साथ कञ्चनपुरको बेलौरीबाट शुरु गरिएको मोटरसाईकल ¥याली पुनर्वास हुँदै बेलौरीको कलकत्तामा समापन गरिएको स्वतन्त्र देशभक्त नागरिक समाजका सदस्य सन्तोष पन्तले बताउनु भयो ।
यसअघि, शुक्रबार कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन गर्दै मार्फत वर्तमान ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकोले जनताको चाहना अनुरुप मोटरसाईकल रयाली आयोजना गरिएको सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । सोही क्रममा राजपरिषदका सदस्य धिरज विक्रम सिंहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकोले परिर्वतनका लागि नागरिक स्वतः सडकमा आएको बताउनु भयो । आफुहरु कहिकतैबाट परिचालित नभई स्वतः सडकमा आएको उहाँको दाबी छ ।
विश्व हिन्दु महासंघका अध्यक्ष विष्णु बरालले सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भइरहेकोले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रदर्शन भइरहेकोले यसलाई अनर्थ लगाउन नहुने उल्लेख गर्नुभयो । राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नागरिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएकोले पछिल्लो केही समययता राजावादी र हिन्दुवादी समर्थकहरूले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
एनबी खबरबाट ।

No comments:

Post a Comment