Friday, December 18, 2020

सुदूरपश्चिमका सत्र स्थानीय तहका सुकुम्बासीले जग्गा पाउने

कञ्चनपुर, पुस ३ ।
सुदूरपश्चिमका सत्र स्थानीय तहका सुकुम्बासीले जग्गा पाउने भएका छ्न ।
सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा रहेका भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि चालु आर्थिक वर्षदेखि कार्य थालनी गरिएको छ। प्रदेशबाट भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्य मनोनित गरेपछि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भएको हो ।
आयोगका अध्यक्ष ज्ञवाली र सुदूरपश्चिमको १७ स्थानीय तहबीच भूमिहीन सुकुमवासीलाई जग्गा वितरणको लागि विहीबार धनगढीमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिका गरी ९ स्थानीय तह छनोटमा परेका छन्।
कञ्चनपुरको कृष्णपपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी सातवटा स्थानीय तहलाई छनोट गरिएको आयोगले जनाएको छ भने बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पनि प्रारम्भिक चरणमा समावेश गरिएको आयोगका सदस्य अधिकारीले बताए।

No comments:

Post a Comment