-यम प्रसाद आचार्य
काठमाडौं । चर्चित गित ब्युटी ब्युटी सारै ब्युटीबाट एकाएक चर्चामा आएका गायक सर्बिन बोगटिले पर्देशी जीवनमा आधारित गित तिम्रै पिरमा सार्वजनिक गरेका छ्न । लोक, आधुनिक र देउडा ठाडी भाकादेखि शब्द संगित आफै गर्दै आएका गायक सर्जक सर्बिन बोगटी विकट कालिकोट निवासी हुन।
हाल काठमाडौलाई कर्मथलो बनाउदै आएका बोगटीले धेरै प्रकारका गीतहरु बजारमा ल्याइसकेका छ्न। हाल संगीत सिक्दै गरेका बोगटीले हाम्रै साझा पत्रिकासंगको साक्षात्कारमा बोल्दै, संगित महासागर यहाँ डुब्न र डुबाउन अझै बाकी रहेको बताए । " दर्शक स्रोताहरुले मनपराई दिनु भयो भने मेरो सांगीतिक यात्रा निरन्तर नै रहिरहनेछ।" गायक बोगटीले मुस्कुराउँदै आफ्नो भनाइ सिध्याए ।
यस गितको कथा पर्देशीएका युवाहरुको जिन्दगीमा आधारित छ ।त्यसैगरी भिडियोमा भिम खड्का, लक्ष्मी सुनार र बाल कलाकार प्राणशु कडायतको सुन्दर अभिनय देख्न सकिन्छ ।
अन्जु पन्त र सर्बिन बोगटीको स्वर रहेको सो गितको भिडियो सर्बिन बोगटी अफिसियल युटुबबाट सार्वजनिक गरिएको छ ।
स्वर्णिम शाहीको शब्द रहेको गीतको संगीत बिबि अनुरागीको रहेको छ । लाखौ प्रदेशी नेपालीहरुको पिडामा आधारित आधुनिक गीतको कथा निर्देशन चलचित्रकर्मी जि.बि आग्रीले गरेका छन।, छायांकन,सम्पादन मिन रावल, ड्रोन सतिश सिन्हा र कलर अविनाश डिसिको रहेको छ ।
No comments:
Post a Comment