-हेमन्त प्रकाश बुढा
कञ्चनपुर/२९ असार
पुनर्वास २ मोति बस्ती क्षेत्रमा मदिरा सेवन गरेर रातभर हल्ला गर्नेहरुको जमात बढेपछि सर्वसाधारण हैरान भएका छ्न । अबेर रातिसम्म रक्सी खाएर होहल्ला गर्ने,अश्लील बोल्ने गरेपछि स्थानीय सुत्नै नसक्ने अवस्थामा पुगेका छ्न ।
पछिल्लो समय लकडाउन खुकुलो हुँदै गएसंगै समाजमा अराजक गतिविधि हुनथालेको छ । गत असार २७ गतेको दिनमा अत्यधिक मदिरा सेवन गरि एकजना बिचबाटोमा बेहोसी अवस्थामा देखेपछि स्थानीयले खबर गरि जनप्रतिनिधि र स्थानीय बुद्धिजीवीको पहलमा उद्धार गरीएको थियोे ।
त्यसैगरी गएराती मात्रै ११ बजेतिर मोतिबस्तिको चिनी मिल जाने खल्ला टोलमा एकजना दशरथ बस्तिका एक व्यक्ति अत्यधिक मदिरा सेवन गरि अचेत अवस्थामा बिचरोडमा भेटिएका थिए ।
होहल्ला गर्ने र रक्सी खाएर बेहोसी अवस्थामा मान्छे दैनिक भेटिन थालेपछि समाजको शान्ति र अमनचयनमा बाधा पुगेको स्थानीय बुद्धिजीवी गोपाल रेग्मीले हाम्रै साझा पत्रिकालाई बताए ।
प्रहरी प्रशासनले सक्रियता बढाए आफुहरुलाई राहत हुने स्थानीयको बुझाई छ ।
हेमन्त प्रकाश बुढा हाम्रै साझा पत्रिका र समाचार विशेष डटकमका समाचारदाता हुन ।
No comments:
Post a Comment