कञ्चनपुर/ पुनर्वासमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । पुनर्वास-धनगढी मार्गमा ट्राफिक प्रहरीले हेल्मेट नलाई मोटरसाइकल चलाउने तथा सवारी नियम उल्लंघन गर्नेलाई कार्वाही गर्न सुरु गरेको छ । विशेषगरि पुनर्वासको सिम्री र आइबीआरडि क्षेत्रमा ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । ट्राफिक प्रहरीको निष्क्रियता बढेको भन्दै आलोचना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको बताईएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा ट्राफिक प्रहरी निष्क्रिय हुँदा एउटा मोटरसाइकलमा तीन जना सवार हुने र हेल्मेट नलगाई सवारी चलाउने छ्यापछ्याप्ती भेटिन्छ्न । बिना हेल्मेट मोटरसाइकल चलाईरहेको तस्वीरहरु सामाजिक सञ्जालमा आएपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको बुझिएको छ ।
शुक्रवार अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्ती र डोकेबजारद्वारा पुनर्वास ५ को सिम्रीमा सयुक्त चेकजाँच गरिएको छ ।यसक्रममा एक सय भन्दा बढी सवारीलाई चेकजाँच गरिएको र बिसभन्दा बढी सवारी चालक कार्वाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवनबस्तीले जनाएको छ ।
केशव भट्टराई हाम्रै साझा पत्रिकाका समाचारदाता हुन ।
No comments:
Post a Comment