Wednesday, January 19, 2022

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं/५ माघ ।
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो दैनिक विवरण अनुसार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो । यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् । थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

Monday, January 17, 2022

पुनर्वासमा तीब्र रुपमा फैलिदै कोरोना संक्रमण


कञ्चनपुर/३ माघ ।
पुनर्वासमा तीब्र रुपमा कोरोना संक्रमण फैलिन थालेको छ । केहि दिन यता संक्रमितको संख्या बढन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा बिरामीहरुको चाप बढन थालेको छ । यसैक्रममा हिजो माघ २ गते पुनर्वासको अस्थायी कोभिड हस्पिटलमा  शंका लागि चेक गर्न आउने १३ जना बिरामीहरु मध्ये एन्टिजेन मार्फत चेक गर्दा १२ जना बिरामीहरुमा कोभिड १९ को संक्रमण देखिएको अस्थायी कोभिड हस्पिटलका ल्याब असिस्टेन्ट जनक धामीले आफ्नो फेसबुकमा उल्लेख गरेका छ्न । साथै उनले सबैलाई  भिडभाडमा नजान तथा आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न समेत आग्रह गरेका छ्न ।

Saturday, January 15, 2022

पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द

 
कञ्चनपुर, माघ १ ।
कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्ने/ नगराउने सूचनामा उल्लेख गरिएको छ । 

Tuesday, January 11, 2022

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ


 कञ्चनपुर/२७ पुस 
 बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।



पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं/आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।

शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्याएको छ । शाहले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले टर्च ल्याएको हो । हनुमानढोकामा राखिएको टर्च आज जङ्गी अड्डा लगिने सेनाले जनाएको छ ।

एकीकरण पदयात्राको टोली पुस २१ गते टर्च लिएर गोरखाबाट हिँडेको थियो । यसैबीच राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखेर ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरी जनचाहना र प्रगतिसँग सरोकार नराख्ने प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताउनुभएको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छैन । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएका थिए ।


Monday, January 10, 2022

देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसमा देशैभरीका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले बताए ।   
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसमा देशैभरीका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले बताए ।   

सीसीएमसीले नै विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयमा पठाएकाले त्यसको कार्यान्वय मात्र गरेको प्रवक्ता शर्माले बताए । उनले भने, ‘बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।’ 
आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सरकारले सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड देखाउनु पर्ने र स्मार्ट लकडाउन गर्न समेत गर्न सिसिएमसीको आइतबार बसेको बैठकले यस्तो सिफारिस गरेको थियो । 

सीसीएमसीले नै विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयमा पठाएकाले त्यसको कार्यान्वय मात्र गरेको प्रवक्ता शर्माले बताए । उनले भने, ‘बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।’ 
आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सरकारले सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड देखाउनु पर्ने र स्मार्ट लकडाउन गर्न समेत गर्न सिसिएमसीको आइतबार बसेको बैठकले यस्तो सिफारिस गरेको थियो ।