Thursday, March 31, 2022

आजको राशिफल/आज वि.सं. २०७८ चैत्र १७ गते बिहीवार

आज वि.सं. २०७८ चैत्र १७ गते बिहीवार
तदनुसार ई. सं. २०२२ मार्च ३१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, चन्द्रास्त : साँझ ०५:०८ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, चैत्र कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो १२:२८ बजेसम्म, त्यसपछि अमावस्या तिथि, पूर्वाभाद्रा नक्षत्र, दिउँसो १०:४५ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, दिउँसो ११:३० बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा शकुनि करण दिउँसो १२:२८ बजेसम्म, त्यसपछि चतुष्पाद करण मध्यरात्रीपछि १२:११ बजेसम्म, अन्तिममा नाग करण, आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम (दिउँसो १२:२८ बजेसम्म), त्यसपछि ईशान, वारशूल : दक्षिण,धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०५:२५ देखि भोलि बिहान ०५:४४ सम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : दर्श श्राद्ध, निशि बार्ने दिन, भद्रकाली पीठमा लिङ्गो ठड्याउने दिन, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्रआगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : स्नानदानादिका लागि अमावस्या (औंसी), घोडे जात्रा, विश्व मूर्ख दिवस (अप्रिल फस्र्ट), हलोबार्ने दिन, सौरमानले नल नामको नयाँ संवत्सरको प्रवेश (दिनको ०१:०४ बजे), १९ गते : नयाँ संवत्सरको प्रारम्भ (आजदेखि सङ्कल्पादिमा नल नाम गरेको संवत्सरको उच्चारण गर्नुपर्छ), वासन्ती नवरात्र (चैते दशैं) प्रारम्भ, घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १२:१८ बजे), नवरात्रअन्तर्गत प्रथम दिवस (श्री शैलपुत्री भगवतीको पूजादि), चन्द्रोदय, तेल लगाउने र नीमको पात खाने दिन, भद्रकाली पीठमा लिङ्गपातन, चोभार आदिनाथ स्नान, बैतडी विश्वनाथ मन्दिरमा कोटिहोम मेला सुरु, मूहुर्त : द्रव्यप्रयोग वा लगानी, २० गते : वासन्ती नवरात्रअन्तर्गत द्वितीय दिवस (श्री ब्रह्मचारिणी भगवतीको पूजादि), मत्स्य जयन्ती, मत्स्यनारायण मेला, मुस्लिम धर्मावलम्बीहरूको एक महिने व्रत रमादान प्रारम्भ, मूहुर्त : ब्रतबन्ध (उपनयन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने (द्वारचक्र) (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तालसाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा समेत मालसामान हराउने सङ्केत छ, त्यस्तै अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा सजग रहनु पर्छ । पठनपाठनप्रति ध्यान केन्द्रित हुनेछैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले तपाईंले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित भएको जाति हुनेछ । वैदेशिक प्रयोजनको काम अथवा दूरदराजमा रहेको सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय छ । परिस्थिति र बाध्यताका काममा रुमल्लिनुपर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्नसक्छ र आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । गुमेको स्थान प्राप्त हुने वा फँसेको धन उकास्ने समय हो । रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे सफलता हासिल हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, ब्याज र बट्टाको काम, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन । आज आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । खासगरी आईटी, फेशनडिजाइन, वकालत र चिकित्साशास्त्रका छात्रछात्राले राम्रो गर्नसक्ने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा पनि विशेष भूमिका वहन गर्नुपर्ने हुन्छ, डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढाउन सकिनेछ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ, रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनुहोला । व्यवसायमा देखिएका आर्थिक समस्या हल गर्न सञ्चित पुँजी र आफ्नो हैसियत सम्झिएर अघि बढ्नुपर्छ । कसैको दबाब वा करकापमा गरेको कामले भविष्य बिगार्न सक्छ, सचेत हुनुपर्छ ।  साथ दिने कोही पनि देखिंदैनन् । काम गर्दा निकै धपेडी बेहोर्नुपर्ने हुन्छ, तर आफ्नो स्वास्थ्य र आरामका लागि पनि केही समय छुट्याएको जाति हुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धनबृद्धिको प्रयास र आन्तरिक सुखका मामिलामा जीवनसाथीको साथसहयोग प्राप्त हुनेछ । कुनै उपकरण वा मनोरञ्जनका सामाग्री खरिद गर्ने मनसाय बन्नसक्छ । त्यस्तै प्रियजनलाई उपहारसमेत दिन सकिने छ । सबै कार्य सोचेअनुरूप नै सम्पन्न हुने दिन हो । मन आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित हुनसक्छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । कुनै पनि कुरालाई बढाइचढाई गर्नुहुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । चिन्ता, शङ्का र गलत सोचलाई हटाउनु राम्रो हुन्छ, नत्र कार्यक्षेत्र र मानसिकतामा दुष्प्रभाव पर्न सक्छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुन: प्रयास गर्नु राम्रो हुन्छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने समय छ । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । परिवारका सदस्यहरूबाट अनुकूल व्यवहारको आशा गर्न सकिन्छ । बन्दव्यापारमा राम्रो छ। नयाँ र नौला व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । शरीर स्वस्थ रहनुका साथै चिन्तामा कमी आउनेछ, तथापि कुनै पनि काममा हतार र शीघ्रता गर्नु हुँदैन । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ, कुराकानी गरी परिस्थिति सम्हाल्नु ठीक हुन्छ । कार्यक्षेत्रमा आफ्नो सीप र कौशलको प्रदर्शन गर्ने अवसर मिल्नेछ । सिनियर कर्मचारी वा मालिकको स्याबासी पाउन सक्नुहुन्छ । कुनै विशेष काममा साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुन सकिन्छ । व्यस्तताका बाबजुद थप आम्दानी हुने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ । आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ, लटरी वा चिट्ठा नै पनि पर्नसक्ने दिन हो । भाइबहिनी वा छोराछोरीको चाहनाअनुसार केही रकमकलम खर्च हुनसक्छ । पैसा खर्च गर्ने मामिलामा सतर्क रहने समय हो । उत्पादनमूलक र खाद्यान्नका व्यवसायमा बढी फाइदा हुनसक्छ । बोली र आचरणमा पनि संयमता अपनाउनु राम्रो हुन्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ, तर अल्छी गर्नु राम्रो हुँदैन । जोशजाँगर र नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु र आफ्नो दृष्टिकोणलाई प्रष्टसँग राख्नु समुचित हुनेछ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ

No comments:

Post a Comment