पुर्नवास नगरपालिका ११,अमर बस्तीका २६ बर्षिय युवा प्रकाश सुनारले आत्महत्या गरेका हुन । भारतको तामिलनाडु,चेन्नाईको मुकापेरमा रोजगार गर्दै आएका सुनारले सुसाईड नोट लेखी गए राति आत्महत्या गरेको चेन्नाईस्थित सुदुरपश्चिमेली नेपाली समाज भारतका प्रथम उपाध्यक्ष तथा अभियन्ता एम.बि.साउदले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छ्न ।
आर्थिक अवस्था नाजुक रहेको सुनार परिवारको कमाउने छोरा गुमाउनु पर्दा परिवारमा ठूलो पीडा परेको छ । कक्षा बाह्रसम्म अध्ययन गरेका सुनार मिलनसार स्वभाव भएको र सहयोगी भावनाको रहेको उनका सहपाठी यादव सिंहले बताए ।
No comments:
Post a Comment