कञ्चनपुर/ बेलौरी नगरपालिकाकि १५ एक वर्षीया नाबालिकाले अवैध गर्भधारणबाट बच्चा जन्मिएको छ । अविवाहित ती नावालिकाकाे गर्भ कसकाे भन्ने पत्ता नलाग्दा थप समस्या सिर्जना भएको छ ।
अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी ती बालिकालाई प्रहरीले कसकाे गर्भ हाे, भनेर सूक्ष्म ढंगले अनुसन्धान शुरू गरेकाे छ ।
अविवाहित बालिकाले शिशु जन्माएपछि कस्काे संसर्गबाट उक्त बच्चा जन्मियो भन्ने प्रश्न भने हालसम्म अनुत्तरित नै रहेको छ ।
तर बालिकाका परिवारका सदस्यले भने उक्त घटनालाई नै बाहिर ल्याउन नचाहेको सङ्केत देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
No comments:
Post a Comment