कञ्चनपुर/पुनर्वास आईबिआरडीको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना भएको २५ औं वर्ष पूरा भएको उपलक्ष्यमा रजत दिवस मनाएको छ ।
मंगलबार संस्था को आफ्नै कार्यालय परिसरमा रजत दिवस मनाएको हो । संस्था स्थापनामा योगदान पुर्याउनुहुने अग्रजहरू को सम्झनामा कार्यक्रम को आयोजना गरिएको सञ्चालक सदस्य राजकुमार रायमाझीले बताए ।
२०५३ साल माघ १० गते आजकै दिन दलित नेता श्री रुपलाल विश्वकर्मा सल्लाहमा स्व. खडक बहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरि दलित समुदायको आर्थिक स्तरलाई माथि उकास्नका निमित्त दलित बहुउद्देश्यीय सहकारी संस्था को स्थापना गरिएको थियो ।
२५ औं रजत बर्ष मनाउदै गर्दा संस्थाले पुनर्वास र बेलौरी नगरपालिका गरि चारवटा शाखा कार्यालय स्थापना गरि कारोबार चलाउदै आएको छ । ३ हजार ९० सेयर सदस्य रहेका छन । चार शाखामा २२ जना संस्थागत कर्मचारी रहेका छन ।
सो अवसरमा संस्थामा संस्थापक परिवार सदस्य तथा उत्कृष्ट कारोबार गर्ने १२ जनालाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
२५ बर्ष पूरा गर्दैगर्दा संस्थाले एल पि ग्यास बिक्रि वितरण,सदस्यको लागी नेपाल सरकारको अनुदानमा मल खाद को वितरण एवम शेयर सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै निकट भविस्यमा चिया , तेलहन र दलहनको कार्यक्रम महिला शेयर सदस्यबाट सञ्चालित साना घरेलु उद्योग कार्यक्रम जस्तै सफाईका लागी प्रयोग गरिने पोछा बनाउने, भाडा वर्तन सफाई गर्ने, जाली बनाउने लगायतका आयआर्जनका कार्यक्रम हरू सञ्चालनमा ल्याउने योजना रहेको संस्थाले जनाएको छ ।
यसअवसरमा शुभकामना राख्दै लेखा संयोजक रामसिंह वडवाल , सल्लाहाकार संयोजक खेमराज लामिछाने , कर्जा संयोजक यज्ञ प्रसाद कडेंल , वचत तथा शेयर संयोजक राज कुमार रायमाझी , शेयरधनि केयर कार्यदल संयोज कञ्चन गिरी , पुर्व सञ्चालक ऋषिराम रेग्मी , कबिराम सुनार पुर्व सदस्य राधा ढकाल पुर्व सदस्य पदम प्रसाद शर्मा लगायतले संस्था को हितका बिषयमा आफ्ना भनाइ व्यक्त गरेका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष सेते विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।
No comments:
Post a Comment