-लाल बहादुर एस.के.
पुनर्वास/कञ्चनपुरकाे पुनर्वासमा लघुवित्त बित्तिय संस्था र लघुवित्त विरुद्धको संघर्ष समिति बिच साेमवार छलफल कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे न्यायीक समिति मार्फत दुई पक्ष बिच छलफल भई संघर्ष समितिकाे माग पुरा नहुदा सम्म किस्ताका नाममा सर्वसाधारणलाई दुख नदिन आग्रह गरिएकाे छ ।
नगरपालिकाका नगरप्रमुख ताेयप्रसाद शर्माकाे अध्यक्षतामा छलफल भएकाे थियाे । वित्तिय संस्था ग्रामिण विकास लघुवित्तबाट राज बहादुर राउत, डिप्राेक्स लघुवित्तबाट विरेन्द्र शाह, लक्ष्मी लघुवित्त बाट सागर जिसि, खप्तड लघुवित्तबाट लाेकराज जाेशी, स्वराेजगारबाट भुवन प्रसाद भट्ट, अभियानबाट यशाेदा सिँह थापा, किसान लघुवित्तबाट जानकी खनाल छलफलमा सहभागी रहेका थिए । एनआईसी, छिमेक,युनिक नेपाल लगायत अन्य पाच लघुवित्तकाे उपस्थिति थिएन । छलफलमा सुचना अधिकारी धाैलराम सार्की, वित्तिय संस्थाका प्रतिनिधि, सँघर्ष समितिका कञ्चनपुर जिल्ला अध्यक्ष बुझाैना चाैधरी, प्रदेश उपाध्यक्ष शुकमाया माेक्तान, सिता बिक लगायत पिडितहरुकाे सहभागिता रहेकाे थियाे । छलफलबाट संघर्ष समितिकाे माग पुरा नहुदा सम्म किस्ताका नाममा दुख नदिन दुबै पक्षले माैखिक सहमति जनाएका छन । संघर्ष समितिले पुनर्वास नगरपालिकामा गत पाैष १८ गते ज्ञापन पत्र बुझाएको थियाे ।
ऋण तथा ब्याज मिनाहका लागि अर्थ मन्त्रालयमा नगरपालिका बाट सिफारिश गरिने नगर प्रमुख ताेयप्रसाद शर्माले बताउनु भयाे । अबकाे दिन देखि सर्वसाधारण लाई मानसिक तनाव नदिन लघुबित्तलाई अनुराेध समेत गर्नु भयाे । छलफल कार्यक्रममा बेलाैरी नगरपालिका २ मटैयाकी शान्ति नेपाली लक्ष्मी लघुवित्त बाट २०७८ सालमा पाच लाख ऋण लिएकाे बताईन । तर दुई बर्षमा साँवा र ब्याज सहितको किस्ता तिर्दा समेत ऋण चुक्ता नभएकाे भन्दै वित्तीय संस्थाले मानिसक तनाव दिदै आएकाे बताईन । पुनर्वास-४ घ-गाउँकी जानकी खत्रीले पनि यस्तै गुनासाे सुनाउछिन । वित्तिय संस्थाले बिभिन्न बहानामा तनाव दिदै आएकाे बताउछिन । वित्तिय संस्थाले चर्काे ब्याज असुल्दै आएकाे बताईन । पुनर्वास नगरपालिका-९ कि जसुदेबी सुनारले लघुबित्तबाट ५ लाख ऋणा लिन भनी कागजात मिलाईन । तर पैसा लिदा १ लाख घटाएर पाएकाे गुनासाे सुनाउछिन ।
अभियान लघुवित्तका प्रमुख यशाेदा सिँह थापाले ऋणकाे भाका नाघेकालाई ताकेता गर्न पाउने भनी छलफलमा पेश गरेकी थिईन ।
लघुवित्त संस्थाको ऋणले पुनर्वास-बैलौरीका थुप्रै महिलाहरु घरबार विहिन हुनपुगे भने कयौंले आत्महत्या समेत गरेको सर्वसाधारणहरुले पीडा सुनाए ।
No comments:
Post a Comment