Tuesday, February 28, 2023

बैंकको चर्को ब्याज विरुद्ध पुनर्वास क्षेत्रका बजार बन्द


कञ्चनपुर, १६ फागुन ।
बैंकको चर्को ब्याज विरुद्ध पुनर्वास क्षेत्रका बजारहरु आगामी फाल्गुन २० गतेसम्म  बन्द गरिने भएको छ । 
  आज मंगलबार कालिका बजारवासी र  कार्यसमितिको भेलाले  वाणिज्य महासंघ सुदुरपश्चिमको संघर्षका कार्यक्रम अनुसार  यस क्षेत्रमा पनी कार्यक्रम गरीने निर्णय गरेको छ । जसमा पुर्नवास उद्योग वाणिज्य संघको पनि ऐक्यबद्धता  रही सोहि अनुसारको संघर्षको कार्यक्रममा  कालिका बजार व्यवस्थापन  समितीले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसैगरी भेलाले छ्लफल गरी निम्नानुसारका संघर्षका कार्यक्रमहरू समेत गर्ने निर्णय गरेको छ । 
भेलाले फाल्गुन १७ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने,आई. बि. आर. डी. महेन्द्र पाण्डे चोकवाट विरोध र्‍याली
सुरुवात गरी पुनर्वास नगरपालिका कार्यालय, प्रतिभानगर बजार, राष्ट्रिय बाणिज्य बैंक हुँदै इलाका प्रशासन कार्यालय त्रिभुवन वस्तिमा ज्ञापन पत्र बुझाउने, फाल्गुन १८ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने, बैकहरूमा
No deposit (नो डिपोजिट) गर्ने । फाल्गुन १९ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने तथा विरोध
-याली गर्ने,फाल्गुन २० गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने, विरोध-याली गर्ने तथा संघर्ष समिती गठन गर्ने निर्णय गरेको छ ।
संघर्षका कार्यक्रम गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरे आगामी चैत्र १ गतेबाट बजार बन्द,  चक्का जाम जस्ता कडा आन्दोलनका कार्यक्रमहरु ल्याईने पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले हाम्रै साझा पत्रिकालाई बताए ।

No comments:

Post a Comment