कञ्चनपुर/२१चैत ।
लालझाडी गाउँपालिका स्वास्थ्य शाखाले किटजन्य रोग नियन्त्रण तथा निराकरणका लागि मंगलबार एकदिने बहुनिकाय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने किटजन्य रोग नियन्त्रण कार्यक्रमको प्रशिक्षकको रुपमा कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग शाखाका अधिकृत सिद्धराज भटृ रहनुभएको थियो । कार्यक्रममा लालझाडी गाउँपालिकाका छवटै वडाका वडाअध्यक्षहरुको उपस्थिति थियो । त्यस्तैगरी गाउँपालिका भित्र रहेका स्वास्थ्यका कर्मचारीहरुलाई कार्यक्रममा सहभागिता गराइएको थियो । केही स्थानीयरुपमा स्वास्थ्य सेवा दिइरहेका स्थानीयहरुलाई पनि सो कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रमका प्रशिक्षक भटृद्वारा सो कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै २०२५ सम्ममा औलो रोगलाई न्यूनीकरण गर्दै निर्मूल पार्ने उद्देश्यले सो कार्यक्रमको गरीएको बताए ।
त्यसैगरी लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रमका सञ्चालक
खगेन्द्र चौधरीले स्वास्थ्य क्षेत्रमा हुने औलो रोग (मलेरीया) टाइफाइड, झाडा पखाला लगायतका विषयमा आफू गम्भिर भएर लागिरहेको र गाउँपालिका भित्रमा रहेका ६ वटै वडामा ल्याब सहितको स्वास्थ्य सेवा पुर्णरुपमा निशुल्क दिइरहेको बताए । प्रमुख चौधरीले आउँदा दिनहरुमा पनि यस्ता किसिमका स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सेवाहरु बारे आफ्नो तयारी रहेको र स्वास्थ्य सेवा बाटो गर्नुपर्ने काममा आफु कटिवद्ध रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम बारे पनि प्रमुख चौधरीले जानकारी गराउनुभएको थियो ।
No comments:
Post a Comment