नेपाल राहत शिक्षक पुनर्वासले दोश्रो नगर अधिवेशन गर्ने भएको छ । गत असार २५ गतेका दिन बसेको बैठकले दोश्रो नगर अधिवेशन गर्ने निर्णय गरेको थियोे ।
नगर अधिवेशन यहि असार २९ गतेका दिन पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा हुने र सो अधिवेशनले नयाँ कार्यसमिति गठन गर्ने बताईएको छ ।
नयाँ समितिले राहत शिक्षकको पेशागत सुरक्षाको लागि गरिने आन्दोलनलाई थप उचाइमा पुर्याउन योगदान दिने नेपाल राहत शिक्षक पुनर्वासका अध्यक्ष जयबहादुर मडैले बताए ।
No comments:
Post a Comment