कञ्चनपुर/पत्रकार भाष्कर के.सी. सम्मानित भएका छ्न ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार भाष्कर केसीलाई सम्मान गरेको हो ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार केसीलाई नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सम्मान गरेको हो ।
सुदूर दर्पण दैनिकका सम्पादक केसीले जिल्लाको योग तथा आयुर्वेद क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका विच पत्रकार के.सी.लाई पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी सहितका योगगुरुहरुले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । झण्डै डेढ दशकदेखि संचार क्षेत्रमा काम गर्दै आएका पत्रकार के.सी. सुदूर दर्पण दैनिकको सम्पादक एवम प्रेस सेन्टर नेपाल कञ्चनपुरका सचिव तथा नेपाल पत्रकार महासंघ जिल्लाका निवर्तमान कार्यवाहक कोषाध्यक्ष हुन । उनले पतंजली योग समितिले संचारकर्मीलाई गरेको सम्मानले थप काममा उर्जा थपिएको बताए ।
No comments:
Post a Comment