नेपाल राहत शिक्षक पुनर्वासको अध्यक्षमा जयबहादुर मडै सर्वसम्मत चयन भएका छ्न ।
"पेशागत सुरक्षाका लागि सबै राहत शिक्षक एकजुट होऔ" भन्ने नाराका साथ शुक्रबार सम्पन्न नेपाल राहत शिक्षक पुनर्वासको दोश्रो नगर अधिवेशनले मडैलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा धनु ओलि,सचिवमा नवराज ओझा,कोषाध्यक्षमा भागिरथी बिष्ट, सह-सचिवमा काली नेपाली चयन भएका छ्न । त्यसैगरी सदस्यहरुमा पुष्पा राना, रामफल राना, मीनबहादुर गुरुङ,सुनिलकुमार लो लगायतका व्यक्तिहरु चयन भएका छ्न । बाँकी दुईजना सदस्यहरु पछी मनोनीत गरिने बताईएको छ । जिल्ला प्रतिनिधिमा धौलसिंह जागरी, शिवबहादुर पाण्डेय,प्रकाश जोशी र भक्तबहादुर बोहरा चयन भएका छ्न ।
त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिका रुपमा धनवीर मोक्तान तामाङ र प्रेमप्रसाद जैसीलाई चयन गरेको छ । कार्यक्रममा लामो समयसम्म राहत शिक्षकका रुपमा सेवा गरि उमेर हदका कारण सेवा निवृत्त भएका शिक्षक टेकराज जोशीलाई सम्मान गरीएको थियो । त्यसैगरी विरामी अवस्थामा रहेकी निवर्तमान कोषाध्यक्ष सम्झना राजभण्डारीको उपचारका लागि सहयोग संकलन समेत गरिएको थियोे ।
पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा सो अधिवेशन सम्पन्न भएको थियोे ।
कार्यक्रममा नेपाल राहत शिक्षक पुनर्वासका अध्यक्ष जयबहादुर मडैको सभापतित्व र नेपाल राहत शिक्षक केन्द्रिय समिति वरिष्ठ सह-अध्यक्ष नवीनसिंह धामीको प्रमुख आथित्य रहेको थियोे । विशिष्ट अतिथिका रुपमा रामप्रसाद जोशी (उपाध्यक्ष केन्द्रिय कार्य समिति),धौलसिंह जागरी(वरिष्ठ उपाध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कार्य समिति),कुसुम न्यौपाने(सदस्य,प्रदेश कार्य समिति) थिए । अतिथिका रुपमा लवदेव अवस्थी,विरेन्द्रबहादुर सिंह,गणेशबहादुर धानुक,काली नेपाली,अम्बिकाप्रसाद खतिवडा,शिवबहादुर पाण्डेय,विरेन्द्रसिंह बोहरा लगायतका व्यक्तिहरु थिए । कार्यक्रमलाई सचिव नवराज ओझाले सञ्चालन गरेका थिए ।
No comments:
Post a Comment