Saturday, March 30, 2024

एन आइ सी एसिया लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बर्दिया, चैत्र १७ । एन आइ सी एसिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मगरागडीको समुह प्रमुख  गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिवार बारबर्दिया नगरपालिका-५, मगरागडीमा सम्पन्न भएको छ ।
समुह प्रमुख चमेली चौधरी को  अध्यक्षता एवम् एन.आइ.सी. एसिया लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीको प्रमुख आतिथ्यता, अनुगमन अधिकृत मधुसुदन निरौला, बारबर्दिया नपा ५का वडा सदस्य श्री बिश्राम थारु ,शाखा प्रमुख शिव विक को उपथिती एवम समुह प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।  वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको एन.आइ.सी. एसिया लघु वित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीले बताएका छन् । साथै कार्यक्रममा शाखा कार्यालय मगरागडीका उत्कृष्ट समूह तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

Tuesday, March 12, 2024

कञ्चनपुर: पावरफुल नेताहरुकै क्षेत्रमा समस्यै समस्या/ नागरिकताबाट नागरिक वञ्चित


पुनर्वास/कञ्चनपुरको दक्षिणी क्षेत्रको सहजताका लागि राखिएको ईलाका प्रशासन कार्यालय त्रिभुुवनबस्तीमा महिना दिन देखि नागरिकता वितरण कार्य रोकिएको छ ।
कञ्चनपुरको “पावरफुल” नेताहरुको  क्षेत्रका रुपमा दक्षिणी क्षेत्रलाई मानिए पनि महिना दिन देखि नागरिकता प्राप्त गर्नबाट यस क्षेत्रका नागरिकहरु वञ्चित  हुँदा समेत समस्या समाधान हुन सकेको छैन् ।
महिना दिन देखि स्थानीय  नागरिकताबाट वञ्चित भएको विषयमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङसँग बुझ्दा बारम्बार यस विषयमा पहल गरिरहेको, हिजो मात्रै  गृहसचिवको सरुवा भएको भन्ने सुने, भोली फेरी एक पटक मन्त्रालयमा जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्य जिल्लाकै पावरफुल नेताका रुपमा मानिन्छन् । त्यसैगरी यसै क्षेत्रका पूर्व प्रतिनिधि सभा सदस्य, माओवादी नेतृ  पूर्व खानेपानी मन्त्री  बिना मगरलाई यस विषयमा कुरा गर्दा आफूले यथासिघ्र गृह मन्त्रालयमा कुरा गरि  समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।
  यसै समस्याको बारेमा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मासंग सम्पर्क गर्दा आफुले यस समस्यालाई गम्भीर रुपमा लिएको र सेवाग्राहीहरुलाई  सेवा दिन जिल्लाबाट अधिकृत बोलाएर अस्थायी रुपमा सेवा दिने व्यवस्था मिलाएको बताउनुभयो ।
   एक महिना सम्म प्रशासनिक सेवाबाट नागरिक वञ्चित हुनु निकै लज्जास्पद र ठुलो बिडम्बनाको विषय भएको स्थानीयहरुको भनाई छ । तर स्थानीयहरुको अर्को बुझाईमा भने समस्याका विषयमा कसै जनप्रतिनिधि र नेताहरुलाई चासो नभएको विश्लेषण छ ।
यसक्षेत्रमा रहेका अन्य प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि पहुँच नभएको भने होईन तर एकले अर्कालाई पर्खेर नागरिकका पिडामाथी रमिता हेर्ने गरेको स्थानीयहरुको आरोप छ । 

दुई वर्ष देखि कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था छैन
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा करिब दुई वर्ष भन्दा बढि देखि बिधुतको वैकल्पिक व्यवस्था नहुदा पनि यस क्षेत्रका नागरिकहरुले समस्या खेप्दै आउनु परेको छ । 
पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको नागरिकता बन्ने कार्यालयका रुपमा ईलाकालाई जिम्मेवारी भएपनि विद्युत अवरुद्ध हुँदा दैनिकै कामकाज ठप्प हुने गरेको छ । यस विषयमा तीनै पालिकाले उक्त समस्या समाधान गरिदिए नागरिकले विद्युत नहुदा पनि सरल रुपमा सेवा लिनसक्ने र कसैलाई पनि सास्ती नहुने स्थानीय युवा नन्दराज जोशीले भनाई छ । तर यसमा पनि कसैको चासो देखिन्न । 
दैनिकै फर्कन्छन् नागरिक 
नागरिकताका लागि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा तीनै पालिकाबाट आउने नागरिकहरु दैनिकै कार्यालयमा पुगेर फर्कने गरेका छन् । 
कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कहिले नागरिकता बन्छ भन्ने विषयमा प्रष्ट जवाफ नहुँदा नागरिक दैनिकै फर्कने गरेका हुन् । 
जिम्मेवारीका विषयमा सिडियो नै अनभिज्ञ 
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी पाएका नासु डम्बरसिह खड्काको समयावधी नथपेको एक महिना हुँदा पनि कहिेले जिम्मेवारी आउँछ भन्ने विषयमा कञ्चनपुरका  सिडियो गोपाल कुमार अधिकारी पनि अनभिज्ञ देखिन्छन् । 
सिडियो अधिकारी भन्नुहुन्छ,“बेलाबेलामा जिल्लाबाट पठाएर गराएका छौ । भोली देखि केहि दिन अझै जिल्लाबाटै पठाउँदै छौं । मन्त्रालयसँग बुझ्दा प्रक्रिया हुँदैछ भन्ने प्रतिक्रिया आएको छ ।”

Wednesday, March 6, 2024

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने


काठमाडौ /२३  फागुन ।
रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छ्न ।
सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेसंगै रास्वपा सभापति लामिछाने गृहमन्त्री  बन्ने पक्का भएको हो ।
बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।
 सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्।
 अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।

नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको हो ।
रास्वपाले लिने अन्य तीन  मन्त्रालयको पनि टुंगो लागेको छ । शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्।

Sunday, March 3, 2024

एन.आर्ई.सि. एसिया लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर/फाल्गुण २०
 एन.आर्ई.सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले मझगाँउ शाखा अन्तर्गतका ५४ जना समूह अध्यक्ष तथा भिमदत्त न.पाका नगर प्रवत्ता श्री पदम अवस्थी,भि.न.पा वडा नं. ४ का वडा अध्यक्ष श्री शुशिल कुमार भट्ट,जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरि निरिक्षक श्री हर्ष बहादुर चन्द,भि.न.पा वडा नं.१८ का प्रतिनिधि श्री महेश बहादुर वस्नेत, भि.न.पा वडा नं.१७ कि वडा सदस्य श्री मञ्जु चन्द बम तथा समाजसेवि व्यक्तिहरुको  उपस्थितिमा कार्यक्रम गरेको हो ।  
कार्यक्रमको अध्यक्षता  यसै शाखाद्वारा संचालीत केन्द्र नं. १७८ कि प्रमुख श्री धना देवि कुवँरले गर्नु भएको थियो प्रमुख अतिथि कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत श्री भुबन राज पाठकले वित्तीय साक्षरता सम्बन्धि शिक्षा,कर्जा,बचत बारे जानकारी विधमान लघुवित्तका समस्या,त्यसका समाधान र लघुवित्त किन आवश्यक छ भन्ने वारे जानकारी साथै  आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएको जनाइएको छ । शाखामा भएका कुल २५३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट ॠणीमा केन्द नं.२१६ कि सदस्य जानकी सार्की उत्कृष्ट बचतकर्तामा केन्द्र नं.०६० कि सदस्य श्री जानकी रावल उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं.०२० कि सदस्य श्री शारदा देवि पाठकलाई समेत सम्मान गरिएको अनुगमन अधिकृत पाठकले बताए । 
यस कार्याक्रमको संचालन यसै शाखाका शाखा प्रमुख धर्मानन्द जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय शाखा कार्यालय चाँदनीदोधाराका शाखा प्रमुख हिरण्ड कुमार विष्टले जानकारी गराउनु भएको संस्थाले जनाएको छ । कार्यक्रममा शाखा कार्यालय मझगाँउका कर्मचारी साथै समाजसेवि व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा वित्तीय संस्थाले हाल समुदायमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने अपेक्षा समेत लिएको जनाइएको छ ।