Tuesday, March 12, 2024

कञ्चनपुर: पावरफुल नेताहरुकै क्षेत्रमा समस्यै समस्या/ नागरिकताबाट नागरिक वञ्चित


पुनर्वास/कञ्चनपुरको दक्षिणी क्षेत्रको सहजताका लागि राखिएको ईलाका प्रशासन कार्यालय त्रिभुुवनबस्तीमा महिना दिन देखि नागरिकता वितरण कार्य रोकिएको छ ।
कञ्चनपुरको “पावरफुल” नेताहरुको  क्षेत्रका रुपमा दक्षिणी क्षेत्रलाई मानिए पनि महिना दिन देखि नागरिकता प्राप्त गर्नबाट यस क्षेत्रका नागरिकहरु वञ्चित  हुँदा समेत समस्या समाधान हुन सकेको छैन् ।
महिना दिन देखि स्थानीय  नागरिकताबाट वञ्चित भएको विषयमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङसँग बुझ्दा बारम्बार यस विषयमा पहल गरिरहेको, हिजो मात्रै  गृहसचिवको सरुवा भएको भन्ने सुने, भोली फेरी एक पटक मन्त्रालयमा जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्य जिल्लाकै पावरफुल नेताका रुपमा मानिन्छन् । त्यसैगरी यसै क्षेत्रका पूर्व प्रतिनिधि सभा सदस्य, माओवादी नेतृ  पूर्व खानेपानी मन्त्री  बिना मगरलाई यस विषयमा कुरा गर्दा आफूले यथासिघ्र गृह मन्त्रालयमा कुरा गरि  समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।
  यसै समस्याको बारेमा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मासंग सम्पर्क गर्दा आफुले यस समस्यालाई गम्भीर रुपमा लिएको र सेवाग्राहीहरुलाई  सेवा दिन जिल्लाबाट अधिकृत बोलाएर अस्थायी रुपमा सेवा दिने व्यवस्था मिलाएको बताउनुभयो ।
   एक महिना सम्म प्रशासनिक सेवाबाट नागरिक वञ्चित हुनु निकै लज्जास्पद र ठुलो बिडम्बनाको विषय भएको स्थानीयहरुको भनाई छ । तर स्थानीयहरुको अर्को बुझाईमा भने समस्याका विषयमा कसै जनप्रतिनिधि र नेताहरुलाई चासो नभएको विश्लेषण छ ।
यसक्षेत्रमा रहेका अन्य प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि पहुँच नभएको भने होईन तर एकले अर्कालाई पर्खेर नागरिकका पिडामाथी रमिता हेर्ने गरेको स्थानीयहरुको आरोप छ । 

दुई वर्ष देखि कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था छैन
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा करिब दुई वर्ष भन्दा बढि देखि बिधुतको वैकल्पिक व्यवस्था नहुदा पनि यस क्षेत्रका नागरिकहरुले समस्या खेप्दै आउनु परेको छ । 
पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको नागरिकता बन्ने कार्यालयका रुपमा ईलाकालाई जिम्मेवारी भएपनि विद्युत अवरुद्ध हुँदा दैनिकै कामकाज ठप्प हुने गरेको छ । यस विषयमा तीनै पालिकाले उक्त समस्या समाधान गरिदिए नागरिकले विद्युत नहुदा पनि सरल रुपमा सेवा लिनसक्ने र कसैलाई पनि सास्ती नहुने स्थानीय युवा नन्दराज जोशीले भनाई छ । तर यसमा पनि कसैको चासो देखिन्न । 
दैनिकै फर्कन्छन् नागरिक 
नागरिकताका लागि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा तीनै पालिकाबाट आउने नागरिकहरु दैनिकै कार्यालयमा पुगेर फर्कने गरेका छन् । 
कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कहिले नागरिकता बन्छ भन्ने विषयमा प्रष्ट जवाफ नहुँदा नागरिक दैनिकै फर्कने गरेका हुन् । 
जिम्मेवारीका विषयमा सिडियो नै अनभिज्ञ 
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी पाएका नासु डम्बरसिह खड्काको समयावधी नथपेको एक महिना हुँदा पनि कहिेले जिम्मेवारी आउँछ भन्ने विषयमा कञ्चनपुरका  सिडियो गोपाल कुमार अधिकारी पनि अनभिज्ञ देखिन्छन् । 
सिडियो अधिकारी भन्नुहुन्छ,“बेलाबेलामा जिल्लाबाट पठाएर गराएका छौ । भोली देखि केहि दिन अझै जिल्लाबाटै पठाउँदै छौं । मन्त्रालयसँग बुझ्दा प्रक्रिया हुँदैछ भन्ने प्रतिक्रिया आएको छ ।”

No comments:

Post a Comment