Wednesday, September 4, 2024

अखिल क्रान्तिकारी पुनर्वासको दोस्रो अधिवेशन सम्पन्न/ अध्यक्ष बने सुशील लुहार

 पुनर्वास/१९ भदौ 
अखिल क्रान्तिकारी पुनर्वासको दोस्रो अधिवेशन मंगलबार  सम्पन्न भएको छ । पुनर्वासको जनता क्याम्पसमा सम्पन्न अधिवेशनले सुशील लुहारको अध्यक्षतामा चालिस सदस्यीय पुनर्वास नगर कमिटीको गठन गरेको छ ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले हाल आफ्नो संगठनलाई आक्रामक रुपमा अगाडि बढाईरहेको छ । 

अखिल क्रान्तिकारी कञ्चनपुरका सह संयोजक दल बहादुर धामी(अविरल)ले नगर कमिटिमा सहमतीय आधारमा पदाधिकारी सहित सदस्य चयन गरिएको बताए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा श्याम बयाडी, उपाध्यक्षत्रय सुस्मिता गुरुङ्ग, लावनिया थापा, तेज विष्ट, सचिव गिता देवकर, सह सचिव अरुण सिलवाल र कोषाध्यक्ष धर्म उपाध्याय सहित ४० सदस्य रहेका छन ।

 यस्तै गरीअखिल क्रान्तिकारी जनता क्याम्पसको समेत मुल इकाई कमिटि विस्तार गरिएको छ । अध्यक्षमा स्वतन्त्र विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष सबिना अधिकारी, उपाध्यक्षद्वय ईश्वरा साउद, उर्मिला गिरी, सचिव प्रविन भुल, सह सचिव ईसाउ साउद, कोषाध्यक्ष सारदा रोकाया रहेका छन। 

No comments:

Post a Comment