Friday, September 14, 2018

लम्कीमा बस दुर्घटना : पुनर्वासका एक युवा सहित दुईको मृत्यु, चारजना घाइते

लम्कीचुहा, भदौ २९
   चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको यात्रुबहाक बस कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । त्यस्तै, बसमा सवार चारजना घाइते भएका छन् । चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको  कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस लम्कीचुहा नगरपालिका १ को बल्चौरमा दुर्घटना हुँदा साईकल यात्री बल्चौरकै १२ वर्षका अनिल वादी र बसमा सवार पुनर्वास ३ आईबिआरडीका ३५ वर्षका  पिटर तामाङ रहेका प्रहरीले जनाएको छ।

मृतकलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

साईकलयात्री वादीलाई जोगाउन खोज्दा बस दुर्घटना भएको र दुवैजनाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  यस्तै दुर्घटना परी नेपाली सेनाका चार जना प्रशिक्षार्थी घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर अवस्थाका दुईजनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेका छन् ।

लम्कीमा बस दुर्घटना : दुईको मृत्यु, चारजना घाइते

लम्कीचुहा, भदौ २९

चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको यात्रुबहाक बस कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । त्यस्तै, बसमा सवार चारजना घाइते भएका छन् । चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको  कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस लम्कीचुहा नगरपालिका १ को बल्चौरमा दुर्घटना हुँदा साईकल यात्री बल्चौरकै १२ वर्षका अनिल वादी र बसमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका ३ आईबिआरडीका  ३५ वर्षका परचुङ पिटर तामाङ रहेका प्रहरीले जनाएको छ।

मृतकलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

साईकलयात्री वादीलाई जोगाउन खोज्दा बस दुर्घटना भएको र दुवैजनाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  यस्तै दुर्घटना परी नेपाली सेनाका चार जना प्रशिक्षार्थी घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर अवस्थाका दुईजनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेका छन् ।

हरितालिका तीजको अबसरमा बहाई पुस्तक प्रद्वर्शनी सम्पन्न

यम प्रसाद आचार्य
पुनर्वास, २७ भाद्र
       हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको बिशेष अबसरमा पुनर्वास नगरपालिका -२ अमरैयामा आयोजित तीज महोत्सवमा मोतिबस्ती-अमरैया बहाई स्थानीय आध्यात्मिक सभाले बहाई पुस्तक प्रदर्शनी गरेको छ ।
पुनर्वास नगरपालिका -२ को अमरैया बजार व्यवस्थापन समितिले आयोजना गरेको तीज महोत्सव को विशेष अबसर पारेर बहाई समुदायले रचनात्मक ढंगबाट पुस्तक प्रदर्शनी गरेको छ । 

प्रदर्शनी मा बहाई धर्मका प्रवर्तक बहाउल्लाह कृतिहरु, उनको शिक्षा बाट प्रेरित भएर  विभिन्न लेखक द्वारा लेखिएका विभिन्न बिधाका पुस्तकहरु, बाल नैतिक कक्षा, किशोर किशोरी आध्यात्मिक शसक्तिकरण कार्यक्रम र युवाहरुको लागि संचालन गरिने जीवन उपयोगी अध्ययन कक्षाका पुस्तक हरु ,भौतिकवाद र आध्यात्मिकवाद सन्तुलन  र अन्य थुप्रै बिषय सग संबंधित पुस्तकहरु राखिएको थियो! पुस्तकको बारेमा बुझ्न र बहाई धर्मको बारेमा जान्न १००औ को संख्यामा मानिसहरूले भम्रण गरेका थिए। 

यस क्रममा पुनर्वास नगरपालिका वडा नम्बर २ का अध्यक्ष सन्त कुमार चौधरी ,सोही वडाका वडा सदस्य डिल्ली सार्की, बेद्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश बि.क. लगाएत बुद्धिजीवी ,शिक्षक, राजनीतिकर्मी ,युवा तथा बृद्ध सबैले अवलोकन गरेको गरेको र उत्सुकता का साथ सोधखोज गरेको मोतिबस्ती-अमरैया सथानिय आध्यात्मिक सभाका अध्यक्ष हेमन्त बुढाले जानकारी गर्नुभयो । 

उहाँ हरुलाई सहयक मन्डल सदस्य यम प्रसाद आचार्य ले उपहारस्वरूप केहि पुस्तक प्रदान गर्नुभएको थियो! थुप्रै युवाहरु ले बहाई काक्षामाअ भाग लिने र समाज निर्माण प्रक्रियामा योगदान दिने ईच्छा व्यक्त गर्दै आफ्नो सम्पर्क नम्बरहरु दिएको पनि अध्यक्ष बुढाले बताउनु भयो 

स्मरण रहोस् बहाई समुदायले असल र समुन्नत समाज निर्माण गर्नका लागि बालबालिकाहरुको लागि बाल नैतिक कक्षा ,किशोर किशोरीहरुका लागि किशोर किशोरी आध्यात्मिक सशक्तीकरण कार्यक्रम र युवाहरूका लागि विभिन्न तालीमहरु सन्चालन गरिरहेको छ। भने ईश्वर एउटै छन, र सम्पुर्ण धर्महरु युग अनुकूल एउटै ईश्वर बाट आएका हुन, सम्पुर्ण मानव जाति एउटै परिवारका सदस्य हुन भन्ने कुरामा बिश्वास गर्दै धर्मको एकता,मानवजाति बिच एकता र विश्व शान्ति र समद्वी का लागि कार्य गरिरहेका छन ।

Thursday, September 13, 2018

निर्देशक आग्री सुटिङका लागि मुम्बईमा

मुम्बई, भदौ २८
    पछिल्लो समय चर्चामा रहेका युवा निर्देशक जिबि आग्री यतिखेर मुम्बईमा छन । भारतको बैंगलुरुमा नेपाली समाजले आयोजना गरेको कार्यक्रमका लागि भारत उडेका निर्देशक आग्री कार्यक्रम सकिएपछि म्युजिक भिडियो सूटिङका लागि सिधै मुम्बई पुगेका हुन । सुटिङसंग निर्देशक आग्री विहिबार भारतीय चलचित्र उद्योग बलिउडका किङ शाहएउख खानको बंगलाको अध्ययन अवलोकन गरेका छन ।

म्युजिक भिडियोको सूटिङ सकिएपछि यहीँ साता सम्भवत नेपाल फर्कने उनी निकट स्रोतले बताएको छ ।

निर्देशक रणधिर श्रेष्ठ मुम्बईमा, शाहरुखको बंगला मन्नतको अवलोकन गर्दै

मुम्बई, भदौ २८
     भारत भ्रमणमा रहेका निर्देशक रणधिर श्रेष्ठ हाल मुम्बईमा छन । बिहिवार मुम्बई स्थित बलिवडका राजा शाहरुखको बंगला मन्नतको स्थलगत अवलोकन गरेका छन ।
निर्देशक श्रेष्ठ केहि दिनमा नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले बताएको छ ।

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनजनाको डिएनए परीक्षण

काठमाडौँ : प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ । 

गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया  निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि उनीहरुको डिएनए परीक्षण सुरु गरिएको हो । 

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट,  उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डिएनए परीक्षण सुरु गरिएको हो । 

निर्मला प्रकरणमा मुछिएका आयुष सुरेन्द्रका भतिजाका साथै नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्र विष्टका छोरा पनि हुन् । 

‘हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएका छौँ’, प्रवक्ता क्षेत्रीले भने, ‘प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधनका तत्कालीन एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि बढाइसकेका छौँ ।’

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार निर्मलाका अभिभावक र आफन्तको गुनासो सम्बोधनसँगै अभियुक्त पत्ता लगाउनका लागि थप प्रमाण जुटाउन डीएनए परीक्षण थालिएको हो । 

‘बिहीबारै एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डिएनए परीक्षणका लागि रगत झिकेर प्रयोगशाला पठाइएको छ’, उनले भने, ‘निर्मलाको डिएनएसँग मेल खाएमा छाड्दैनौ, कारबाही गर्छौँ ।’

यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका  ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए परीक्षण गरिएको थियो । तर ती दुवैको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि जनआक्रोश झनै बढेको छ । 

प्रहरीको अर्को समिति

यसैबीच एसपी विष्ट र सीआईबीबाट अनुसन्धान टोलीमा खटिएका प्रहरीको भूमिका शंकास्पद देखिएपछि थप आन्तरिक छानबिनका लागि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति बनाइएको खुलेको छ । 

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरे पनि बिहीबार मात्रै यो कुरा सार्वजनिक भएको छ । 

स्रोतका अनुसार मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि बढेको जनआक्रोशबीच यो कुरा सार्वजनिक भएको हो । 

प्रहरी प्रवक्ता एसएसपी क्षेत्रीले भने प्रहरीको आन्तरिक काम भइरहेको बताउँदै भने, ‘यो छानबिन समिति आकष्मिक होइन, हामीले निरन्तर अनुसन्धान गरिरहेका छौँ ।

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहानिर्मला हत्या प्रकरण : दिलीपसिंहसँगै रिहा भए बम दिदीबहिनीरिहा भएपछि दिलीपले भने : निर्दोष हुँदा पनि दुःख पाएँ, काठमाडौँ लगेर सिक्रीले बाँधेनिर्मला हत्याप्रकरण : तीजमा कालो पहिरनमा विरोध प्रदर्शननिर्मला हत्या प्रकरण : प्रहरीले ११ दिन थुनेका बडूको पनि डिएनए नेगेटिभनिर्मलाका बाबु भन्छन् : प्रधानमन्त्रीले सौतेलो व्यवहार गरे, हामीलाई न्याय देऊनिर्मला पन्त हत्याको छानविन प्रतिवेदन आउनै लागेको छ : सरकारनिर्मलाका बाबुआमाको बिलौना : सक्छौ न्याय देऊ, सक्दैनौँ गोली हानिदेऊ ।

अपहरित शिशुको प्रहरीद्वारा सकुशल उद्दार

पुनर्वास : पश्चिम नेपालको कञ्चनपुरमा केही समय यता सामाजिक अपराधका घटनाहरुमा वृद्धि भइ रहेका छन्  यसै बीच बुधबार मध्यरातमा आमा संगै सुतेकी एक नौ महिने बालिका अपहरणको ५ घन्टा पछि प्रहरीले सकुशल उद्दार गरेको छ। 

बुधबार हरितालिका तिजका दिन पुनर्वास नगरपालिका ८ स्थित कगाउँमा माइतीघर आएकी पुनर्वास नगरपालिका ५ गगाउँ कि बेलु बिष्ट आफ्नी ९ महिने छोरी सरस्वती संग सुतेकी थिइन् । रातीको करिब २ बजेर ३८ मिनेट तिर निन्द्रामै रहेका बेला कुनै ब्यक्तिले नौ महिने शिशुलाई उठाएर लगेको थियो । मध्य रातमा आमा संगै सुतिरहेको नौ महिने बालिकाको अपहरण भएको खबर पाउना साथ घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले खोज तलास तिब्र बनाएको थियो । 

अपहरित बालिका र अपहरण गर्ने ब्यक्तिको व्यापक खोजीकार्यमा खटेको प्रहरीले बिहिबार बिहान ७४० बजे बालिकाको सकुशल उद्दार गरेको थियो । 
मध्य रातमा अज्ञात ब्यक्ति द्वारा अपहरित नौ महिने बालिका सरस्वती बिष्ट राती सुतेको मावली घर भन्दा झन्डै ५०० मिटर  जनजागरण सामुदायिक वनको उत्तर तर्फ खोला नजिकै धानबारीमा फालिएको अबस्थामा प्रहरीले भेटाएर उद्दार गरेको हो । 

उद्दार गरिएकी ९ महिने बालिका सरस्वतीलाई बिहिबार बिहान कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा , उप मेयर शारदा बिष्ट धामी , पत्रकारहरुको रहोवरमा आमा बेलु बिष्टको जिम्मा लगाएको हो । बालिका सरस्वतीलाई सकुशल उद्दार गरिए पनि आमा संगै सुतिरहेकी शिशुलाई कसले किन अपहरण गरि धान बारीमा फाल्यो अझै रहस्यमै रहेको छ ।

पुनर्वासमा आमाको आखमा सुतिरहेकी शिशुको अपहरण गरि लैजाने ब्यक्तिको प्रहरीले व्यापक खोजी कार्य गर्न तिब्रता लिएको प्रहरीले जानकारी गराएको छ । 
९ महिने बालिकाको मध्य रातमा अपहरण भएको खबर पाउना साथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत पुनर्वास पुगेका थिए ।

कञ्चनपुरमा पछिल्ला दिनहरुमा भइ रहेको बालिका बलात्कार र हत्याका घटनाले जिल्लाको शान्ति सुरक्षामा उत्पन्न भएको स्थितिले सुरक्षामा चुनौती थपिएको एसपी कडायतले बताए ।

एसपी बिष्टले भने सामाजिक बिकृति चरम सीमामा पुगेको छ । चिनजानकै ब्यक्तिबाट समाजमा घटना घटिरहेको छ । यस्ता घटना रोक्न सकिएन भने समाजमा भयावह स्थिती आउने छ । उनले  भने ९ समाजको शान्ती सुरक्षा सुधार्न एकल प्रहरीको प्रयासले सम्भव छैन । समाजका हरेक नागरिकले  समयमै सुचना दिएर प्रहरीलाई सहयोग गर्ने पर्ने हुन्छ ।
बालिका सरस्वतीकि मावली हजुर आमा धना बयाडी भन्नुभयो । अहिलेसम्म यस्तो घटना नभएको आज कसरी भयो अचम्म लागेको छ । आमा संग सुतेको बच्चा चोरी गर्ने  घटनाले आफुलाई आश्चर्यजनक लागेको बताउनुभयो ।
 धनगढी खबरबाट साभार

बिहिबार २८, भदौ २०७५ ०४:५८ मा प्रकाशित

अपहरित शिशुको प्रहरीद्वारा सकुशल उद्दार

कञ्चनपुर : पश्चिम नेपालको कञ्चनपुरमा केही समय यता सामाजिक अपराधका घटनाहरुमा वृद्धि भइ रहेका छन्  यसै बीच बुधबार मध्यरातमा आमा संगै सुतेकी एक नौ महिने बालिका अपहरणको ५ घन्टा पछि प्रहरीले सकुशल उद्दार गरेको छ। 

बुधबार हरितालिका तिजका दिन पुनर्वास नगरपालिका ८ स्थित कगाउँमा माइतीघर आएकी पुनर्वास नगरपालिका ५ गगाउँ कि बेलु बिष्ट आफ्नी ९ महिने छोरी सरस्वती संग सुतेकी थिइन् । रातीको करिब २ बजेर ३८ मिनेट तिर निन्द्रामै रहेका बेला कुनै ब्यक्तिले नौ महिने शिशुलाई उठाएर लगेको थियो । मध्य रातमा आमा संगै सुतिरहेको नौ महिने बालिकाको अपहरण भएको खबर पाउना साथ घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले खोज तलास तिब्र बनाएको थियो । 

अपहरित बालिका र अपहरण गर्ने ब्यक्तिको व्यापक खोजीकार्यमा खटेको प्रहरीले बिहिबार बिहान ७४० बजे बालिकाको सकुशल उद्दार गरेको थियो । 
मध्य रातमा अज्ञात ब्यक्ति द्वारा अपहरित नौ महिने बालिका सरस्वती बिष्ट राती सुतेको मावली घर भन्दा झन्डै ५०० मिटर  जनजागरण सामुदायिक वनको उत्तर तर्फ खोला नजिकै धानबारीमा फालिएको अबस्थामा प्रहरीले भेटाएर उद्दार गरेको हो । 

उद्दार गरिएकी ९ महिने बालिका सरस्वतीलाई बिहिबार बिहान कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा , उप मेयर शारदा बिष्ट धामी , पत्रकारहरुको रहोवरमा आमा बेलु बिष्टको जिम्मा लगाएको हो । बालिका सरस्वतीलाई सकुशल उद्दार गरिए पनि आमा संगै सुतिरहेकी शिशुलाई कसले किन अपहरण गरि धान बारीमा फाल्यो अझै रहस्यमै रहेको छ ।

पुनर्वासमा आमाको आखमा सुतिरहेकी शिशुको अपहरण गरि लैजाने ब्यक्तिको प्रहरीले व्यापक खोजी कार्य गर्न तिब्रता लिएको प्रहरीले जानकारी गराएको छ । 
९ महिने बालिकाको मध्य रातमा अपहरण भएको खबर पाउना साथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत पुनर्वास पुगेका थिए ।

कञ्चनपुरमा पछिल्ला दिनहरुमा भइ रहेको बालिका बलात्कार र हत्याका घटनाले जिल्लाको शान्ति सुरक्षामा उत्पन्न भएको स्थितिले सुरक्षामा चुनौती थपिएको एसपी कडायतले बताए ।

एसपी बिष्टले भने सामाजिक बिकृति चरम सीमामा पुगेको छ । चिनजानकै ब्यक्तिबाट समाजमा घटना घटिरहेको छ । यस्ता घटना रोक्न सकिएन भने समाजमा भयावह स्थिती आउने छ । उनले  भने ९ समाजको शान्ती सुरक्षा सुधार्न एकल प्रहरीको प्रयासले सम्भव छैन । समाजका हरेक नागरिकले  समयमै सुचना दिएर प्रहरीलाई सहयोग गर्ने पर्ने हुन्छ ।
बालिका सरस्वतीकि मावली हजुर आमा धना बयाडी भन्नुभयो । अहिलेसम्म यस्तो घटना नभएको आज कसरी भयो अचम्म लागेको छ । आमा संग सुतेको बच्चा चोरी गर्ने  घटनाले आफुलाई आश्चर्यजनक लागेको बताउनुभयो ।
धनगढी खबरको अनलाईनबाट

मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला

मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला

भदौ २८, २०७५
महेन्द्रनगर – कञ्चनपुरको पुनर्वासमा बुधवार राति १ बजे आमाको काँखबाट चोरिएकी बालिका साढे ७ घण्टापछि धान खेतमा सकुशल भेटिएकी छन् ।
पुनर्वास नगरपालिका–८ ‘क’ गाउँस्थित माइतीघरमा राति सुतेका बेला आमा बेलु विष्टको काँखबाटै ९ महिनाकी बालिका चोरी भएको जानकारी ईलाका प्रहरी कार्यालय पुनर्वासमा राति नै आएको प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।

‘जानकारी आउने बित्तिकै चारैतिर प्रहरी परिचालन गरियो, खोज्दै जाँदा आज –बिहीवार) बिहान ७ः४० बजे घरबाट १ किलोमिटर टाढा धानखेतमा बालिका भेटिएकी छन्,’ बमले भने, ‘बालिकाको अवस्था सकुशल छ, बालिकाले दूध चुसेकी छन् ।’
तीज मनाउन माइत आएकी बेलु राति सुतेको बेला बालिका चोरिएको र घरबाहिर आँगनमा बालिका रोएपछि थाहा पाएर हेर्दा महिलाजस्तै देखिने व्यक्तिले बालिका लिएर गएको देखिएको जनाइएको छ ।
‘आमाले बालिका लैजाने महिलाको शल देखेको बताएकी छन्,’ उनले भने, ‘घटनाको छानबिन भइरहेको छ ।’