Tuesday, May 26, 2020

आजको राशिफल/आज मिति २०७७ साल जेठ १३ गते मंगलबार

आज मिति २०७७ साल जेठ १३ गते
मंगलबार । ईश्वी सन् २०२० मे २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– चतुर्थी ,४५ घडी ५९ पला,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त पंचमी । नक्षत्र– आद्र्रा, ०२ घडी ४२ पला,बिहान ०६ बजेर १७ मिनेट उप्रान्त पुनर्वसु । योग– गंड,५४ घडी ५५ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त वृद्धि । करण– वणिज,मध्यान्ह ११ बजेर ५७ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०७ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने काम फस्टाएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेमको गाठो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । गित संगितमा बिषेश रुचि बढ्ने तथा बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । व्यापार व्यावसायमा भने समय दिन नसक्दा आम्दानि न्युन हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि व्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । तपाईको दिन शुभ रहोस् । 

Monday, May 25, 2020

कोरोना अपडेट: नेपालमा संक्रमित संख्या ६८२ पुग्यो

काठमाडौँ, १२ जेठ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हालसम्म संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।


धनगढीमा वर्षको सबैभन्दा गर्मी आज, तापक्रम ४० डिग्री पुग्यो

कैलाली, १२ जेठ ।
धनगढीमा आज यो वर्षकै बढि गर्मी रेकर्ड गरिएको छ। जल  तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आज धनगढीको अधिकतम तापक्रम ४० दशमलव ५  डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
यसअघि आईतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको कार्यालयका मौसम अबजर ब्रिजलाल चौधरीले बताए। पछिल्लो केही दिनयता धनगढीमा गर्मी बढ्दै गएको छ।
गर्मी बढ्दै जान थालेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ। 
दिनेश खबरबाट ।

कोरोना अपडेट: नेपालमा कोरोना संक्रमित ६७५ पुग्यो

काठमाडौं, जेठ १२ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। 
सोमबार दिउँसोसम्म थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ।यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। हालसम्म सय बढी जना निको भएका छन् भने कोरोनाका कारण ४ जनाको मृत्यु भइसकेको छ।

पुनर्वास कोरोना राहत कोषमा पुनर्वास ५ निवासी अर्जुन बोगटीले गरे आर्थिक सहयोग

कञ्चनपुर, १२ जेठ ।
पुनर्वास नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा पुनर्वास ५ निवासी अर्जुन बोगटीले आर्थिक सहयोग गरेका छ्न । हाल सपरिवार भारतको दिल्ली बस्दै आएका बोगटीले प्रभु बैकमा स्थापना गरिएको पुनर्वासको कोरोना राहत कोषमा रु. १७६००।- सत्र हजार छ सय सहयोग गरेका छ्न ।
परोपकारी बोगटीले यस अघि भारतमा अलपत्र परेका थुप्रै नेपालीहरुलाई खाद्यान्न तथा नेपाल सम्म आउनका लागि बाटो खर्च जुटाउने कार्यमा सहयोग गर्दै आएका छन ।
रोजगारीको सिलसिलामा विदेशी भूमिमा बसेर पनि आफ्नो देशको जनतालाई सहयोग गर्ने सहयोगी दयालु मनलाई पुनर्वास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापाले धन्यवाद ज्ञापन गरेका छ्न ।

नेपाल कोरोनाको उच्च जोखिममा, साढे दुई महिनामा भारतबाट आए ५ लाख ७८ हजार

काठमाडौं, १२ जेठ ।
गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार २५ फागुनदेखि ११ चैतसम्म सबैभन्दा बढी नेपाली भारतबाट विभिन सीमा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । ११ चैतमा सरकारद्वारा देशभर लकडाउन घोषणा गरिएको थियो ।

लकडाउनपछि ७५ हजार आए
आधाको पनि भएन परीक्षण

गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले गत २५ फागुनदेखि १० जेठसम्मको ७७ दिनको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । यसरी आउनेहरूमध्ये अधिकांश लकडाउनअघि अर्थात् २५ फागुनदेखि ११ चैतसम्म आएका छन् ।

‘गत २५ फागुनदेखि १० जेठसम्मको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसरी आउनेहरूमध्ये धेरैजसो ११ चैत अर्थात् लकडाउनअघि नै आएका छन्,’ घिमिरेले भने ।

सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि हालसम्मको अवधिमा मात्रै करिब ७५ हजार नेपाली विभिन्न सीमा नाका हुँदै नेपाल आएका छन् । यसरी आएकाहरूलाई घर पुग्नुअघि अनिवार्य क्वारेन्टिन राखिँदै आइएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले भारतीय सीमा क्षेत्रमा आएर अलपत्र परेकाहरूलाई आउन दिने निर्णय गर्दा मात्रै करिब ३० हजारको संख्यामा विभिन्न नाका हुँदै नेपालीहरू आएको गृह मन्त्रालय बताउँछ ।

यस्तै, पछिल्लो समयसमेत नाकामा आएर क्वारेन्टिनमा बसेकाहरू धमाधम घर फर्कंदै आइरहेका छन् । शनिबार मात्रै ७ हजार नेपाली भारतबाट नेपाल प्रवेश गरेका थिए । यसैगरी, भारतसँगको खुला सीमाका कारण चोरबाटो हुँदै ठूलो संख्यामा नेपालीरू लुकीछिपी आइरहेका छन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले भने भारतबाट लकडाउनकै बीचमा आएका नेपालीको संख्या ठूलो भए पनि कोरोना चेकजाँच भने आधाको पनि हुन नसकेको बताए ।

‘भारतबाट लकडाउनकै बीचमा ठूलो संख्यामा नेपालीहरू आए । अझै पनि आइरहेकै छन् । तर, यसरी आएकामध्ये आधाको पनि कोरोना परीक्षण भएको छैन,’ गृह मन्त्रालयका ती उच्च अधिकारीले भने ।

पछिल्लो समय सरकारले सीमा क्षेत्रमा आएर बसेकाहरुलाई क्वारेन्टिनमा राखेपछि आरडीटी परीक्षण गरेर स्वदेश आउन दिने गरी सहज बनाइदिएको छ । तर, यसरी आउनेहरूमध्ये पनि धेरैजसो बिनापरीक्षण नै आइरहेको गुनासो छ । भीडभाडका साथ प्रवेश गर्दा उनीहरूको आरडीटी परीक्षणमा समस्या हुँदै आएको बताइन्छ ।
राजधानीबाट ।

औषधि उपचार वाहेक बाहिर निस्कन प्रतिबन्ध

कञ्चनपुर, ११ जेठ ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले औषधि उपचार बाहेक कुनैपनि प्रयोजनका लागि बाहिर निस्कन र कुनै पनि व्यापार व्यवसाय सञ्चालन गर्न र गराउन मनाही गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाद्वारा हस्ताक्षरीत सूचनामा कोभिड १९ जोखिम अत्यधिक मात्रामा बढदै गएकाले तरकारी बजार, फलफूल,खाद्यान्न पसलहरु र बैकहरु समेत अर्को सूचना नभएसम्मका लागि पुर्ण रुपमा बन्द गरीने जनाएको छ ।
आज प्रकाशित सो सूचनामा औसधि उपचारको काम बाहेक अन्य कामका लागि बाहिर निस्कन पर्ने भए सुरक्षाकर्मीको परामर्श लिएर निस्कन सकिने जनाएको छ ।

आजको राशिफल/आज मिति २०७७ जेठ १२ गते सोमबार

आज मिति २०७७ जेठ १२ गते सोमबार तदनुसार मे महिनाको २५ तारिख । तृतीया, धृति तैतुला म्रृगशीर्षा , ईद उल फितर। ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
मेष– फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ, साथीभाइले सरसहयोग गर्नेछन । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।
वृष– अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला ।
मिथुन– निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला ।
कर्कट– पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।
सिंह– आम्दानि अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।
कन्या– कमाइ कम खर्च बडी हुनेछ । सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।
तुला– काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ । व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला ।
वृश्चिक– आर्थिक पक्षमा रुपमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ । भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ ।
धनु– व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला ।
मकर– वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, परीवारमा झमेला होला । आर्थीक पक्ष्य ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।
कुम्भ– मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।
मीन– प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला ।

Sunday, May 24, 2020

आवतजावत बढेपछि स्थानीयद्धारा झोलुङ्गे पुलमा ताला

विकाश सिंह महता
कञ्चनपुर / ११ जेठ ।
पश्चिमी सिमानाका क्षेत्रमा आवतजावत बढेपछि कंचनपुरको दोधाराचादनी झोलुङ्गे पुलमा स्थानीयले ताला लगाएका छ्न ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसबाट विश्वमा महामारी फैलिएको यो दु:खद घडीमा प्रवासी नेपाली नागरिकहरु भारतबाट दिन प्रतिदिन नेपाल भित्रीने गरेका र सम्बन्धित पालिका र जिल्ला प्रशासनले उचित व्यवस्थापन नगरेको बन्दै आवतजावतमा रोक लगाईएको हो ।
निरन्तर आगमन बढेपछि उक्त क्षेत्रमा सेनिटाइज नगरेको भन्दै भीनपा -१३ का स्थानीयले झोलुङ्गे पुलको मुल गेटमा ताला लगाएको स्थानीयले बताएका छ्न । विषम परिस्थितिमा पुलबाट भित्रीने प्रवासि नेपालीको उचित व्यवस्थापन र उक्त क्षेत्रमा सेनिटाइजर छर्किनु पर्ने स्थानीयले माग राखेका छन् ।

कोरोनाका कारण संसारभरीमा ११७ नेपालीको मृत्यु

काठमाडौ, ११ जेठ ।
कोरोनाका कारण विश्वभरिमा मृत्यु हुने नेपाली ११७ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा  नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार  र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो।

एनआरएन  स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५  गैरआवासीय नेपालीको मृत्यु भएको छ।  समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८  नेपालीको निधन भएको छ। त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।

यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।  मृत्यु हुनेमा ९५ पुरुष र १९  महिला रहेको स्वास्थ्य समितिले जनाएको छ।

त्यस्तै ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ। स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन्। ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन्। बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन। संयोजक डा सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्।

तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र  एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ। अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ। संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए।

अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ। स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५,  युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्टे«लियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र  न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र  रुसमा दुईदुई तथा म्यानमा, रोमानिया  र फ्रान्समा एक  नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो। चीनबाट शुरु भएको कोरोना भाइरसविरुद्ध लड्न एनआरएनएले अध्यक्ष कुमार पन्तका संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो।  संस्थाले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमिति गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए।

डा शर्माका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा  दुई हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ। संस्थाले शनिबार साँझसम्म  ४० हजाभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरेको छ भने संस्थाबाट  ६२ हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन्।

संस्थाले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिबाट  आठ करोड संकलन गरिएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।  संस्थाले यसअघि १० देशका नेपालीलाई राहतस्वरुप आर्थिक सहयोग गरेका थियो। रासस 

अब नेपालको क्षेत्रफल कति ?

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ ।  सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । 
सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन् ।  प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्गकिमि उल्लेख छ । 
गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ ।  यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ ।  नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो ।
नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिन्छ ।  जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्गकिमि बढी हुन्छ ।  

सीमा बचाऊ अभियानले सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

आजको राशिफल/आज मिति २०७७ साल जेठ ११

आज २०७७ जेठ ११ गते सनिवार बतदनुसार मे महिनाको २४ तारिख । अतिगंदा किम्स्तुघ्नम रोहिणी , गोसाइकुण्ड स्नान आरम्भ । नेपाल सम्बत् ११४० । ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।

मेष– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ ।
वृष– सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । पढाइमा पाउने सफलता यथावत रहनेछ बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन ।
मिथुन– गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । धनमनग्य कमाउने अवसर मिलनेछ । सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।
कर्कट– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ ।
सिंह– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । खर्चबढने विबाद बढने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।
कन्या– नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला । मनमा हौसलाबढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ ।
तुला– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । ्रप्रयत्नले धन कमाउनेअवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रदरहनेछ ।
वृश्चिक– रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।
धनु– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाृउमा धनको नाश हुने दिन छ ।
मकर– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।
कुम्भ– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
मीन– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।


Saturday, May 23, 2020

नहरमा डुबि एक युवक बेपत्ता

-विकाश सिंह महता
कञ्चनपुर / १० जेठ ।
भीमदत्त नगरपालिका वडा न.६ स्थित रहेको महाकाली सिचाइको नहरमा एक युवक डुबेर बेपत्ता भएका छन।
सनिवार बिहान १० बजेको समयमा नहरमा नुहाउनको लागि गएका युवक नहरमा बेपत्ता भएका र उनको खोजिकार्य भइरहेको छ। नहरको डिलमा उनले फुकालेको कपडा र चप्पल त्यही रहेको र युवक नहरमा बेपत्ता भएका हुन।
उनको खोजी कार्यमा प्रहरी,स्थानीय युवाहरु नहरको पानीमा १०/१५ जना खुट्टाले छामदै घटना स्थलदेखी ५ सय मिटरको दुरिमा तिब्रताका साथ खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ।