Tuesday, June 23, 2020
एसईईको नतिजा प्रकाशन कार्यविधि जारी
काठमाडौं, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।
कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ । कार्यविधिमा समय तालिका भने खुलाइएको छैन ।
गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । रासस
भारतीय सिमाको रक्षा गर्दा पाकिस्तानको बमबाट नेपालीको मृत्यु
नयाँ दिल्ली। भारतीय सिमाको रक्षा गर्दा गर्दै एक नेपालीको मृत्यु भएको छ ।
भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको हो ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार विहान भएको गोलाबारीमा परेका थिए। कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो।
गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन्।
१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए। कार्कीको परिवारमा ९० वर्षीय बुवा एक श्रीमती २ छोरी र एक छोरा छन्।
मृतक कार्कीका दाजु कृष्णबहादुर कार्की केही दिनअघि भारतबाट आएर २४ दिनदेखि गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टिनमा छन्।
भारतको गोरखपुरमा सेनाको टुकुडीले सम्मान अर्पण गरेपछि मृतक कार्कीको अन्त्येष्टि गरिने मृतकका दाजु कृष्णबहादुर कार्कीले बताए। अहिले कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन्।
कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको सोमबार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उनी क्षयरोग र दमका बिरामी समेत रहेको जानकारी दिनुभयो । उनको असार ३ गते स्वाब संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उनी क्षयरोग र दमका बिरामी समेत रहेको जानकारी दिनुभयो । उनको असार ३ गते स्वाब संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमित १० हजार नाघ्यो
असार ९ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५८८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। ✏
सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या १२१० पुग्यो, आज मात्र ४९
धनगढी, असार ९ ।
सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। उनको स्थानीय तह खुलेको छैन्।
यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८२, बाजुराका ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।
भारत-पाकिस्तान युद्धमा नेपाली मारिए
काठमाडौ, ९ असार
भारत–पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको निधन भएको छ। पाकिस्तानी सेनाले गरेको गोलाबारीमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्वर ५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएको हो।
छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार उनी जम्मु कास्मीरको नौशेरा सेक्टरमा तैनाथ थिए। सोमबार पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएका हो।
आजको राशिफल/आज मिति २०७७ साल असार ९ गते मंगलबार
बि.सं.२०७७ साल असार ९ गते मंगलबार ई. सं. २०२० जुन २३, नेपाल सम्बत ११४० दिल्लाथ्व द्दितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल द्दितीया, चन्द्रमा मिथुन राशिमा,पुनर्वशु नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि १ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ । कडा मिहिनेत र परिश्रम गरेमा हाँकेको ताकेको काममा सफलता प्राप्त भई छाड्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन। स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथ सहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।
Monday, June 22, 2020
सरिता गिरीलाई स्पष्टीकरण सोध्ने समाजवादी पार्टीको निर्णय
काठमाडौँ — नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग उनको पार्टी समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाई छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए । संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।
राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।
सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । र, संसद बैठक बहिष्कार गरेकी थिइन् ।
‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सुझायौं । तर, उहाँले पार्टीको निर्णय र निर्देशन मान्नुभएन । त्यसकारण स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’नेता श्रेष्ठले भने । गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।
समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् । पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्याएर उनलाई फिर्ता बोलाउन सक्छ ।
पुनर्वासमा थप २ जनामा देखियो कोरोना पोजेटिभ, तीन जना कोरोना जितेर फर्कदै
-सुनिलकुमार लो
कञ्चनपुर, ८ असार ।
पुनर्वास नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । केही दिन अघि लिईएको पिसिआर रिपोर्टको परिणाम आउँदा दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । आज पोजेटिभ देखिएका दुई पुरुषहरु ४९ र २१ बर्षका छ्न । सेती प्रादेशिक अस्पताल, धनगढीको कोरोना भाईरस उपचार र परिक्षण सम्बन्धि सोमबारको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । सेती प्रादेशिक अस्पतालमा पुनर्वासका छ जनाको आईसोलेसनमा उपचार भईरहेको पनि जनाईएको छ । यो संगै पुनर्वास नगरपालिकामा २३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
कोरोना पोजेटिभ देखिदै गर्दा कोरोनालाई जित्नेको संख्या पनि पुनर्वास बढदो छ ।
सोमबार कोरोनालाई पराजित गरि तीन जना पुरुषहरु घर फर्कदै छ्न । आज कोरोना पराजित गरि घर फर्कने व्यक्तिहरु पुनर्वास ९ का हुन । ती व्यक्तिहरु हरि बिक (बर्ष २०),श्यामलाल सुनार(बर्ष ४३) र बिरेन्द प्रसाद जैसी ( बर्ष३१) रहेका छ्न । निजहरु विगत १६ दिनदेखि महाकाली अञ्चल अस्पताल भिमदत्तनगरमाको आईसोलेसनमा बसिरहेका थिए । कोरोनाको कुनै लक्षण नदेखिए पछि निजहरूलाई घर फर्काइएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताएका छ्न ।
यस अघि पुनर्वास नगरपालिकामा सात जनाले कोरोनालाई पराजित गरिसकेका छन । कोरोना पराजित गर्नेहरूमा प्रयोगशालाकर्मीद्वय जनकसिंह धामी(३३) र
दुर्गादत्त भट्ट (३९) पुनर्वास ६, झक बहादुर तिवारी(५२) पुनर्वास ५, कमल थापा(३३) पुनर्वास ५,लालसिह सुनार (३४) पुनर्वास ९, सन्तोष सुनार(३०) पुनर्वास ९ र अमित कुमार जैसी(२८) पुनर्वास ९ रहेका छ्न ।
यसरी कोरोनालाई पराजित गर्ने भाग्यमानीहरुको संख्या १० पुगेको छ ।
हालसम्म पुनर्वास नगरपालिकामा आरडिटी परिक्षण १५४२ जनाको भईसकेको छ, जसमा १४५६ को नेगेटिभ आएको छ भने ८६ जनाको पोजेटिभ आएको छ । त्यसैगरी पिसिआर परिक्षण १३८ जनाको भएको मध्ये ७९ जनाको रिपोर्ट नेगेटिभ र २१ जनाको पोजेटिभ आएको छ । ४८ जनाको पिसिआर परिक्षणको रिपोर्ट आउन अझै बाँकी छ ।
पिसिआर पोजेटिभ आएका बिरामीहरु मध्ये १० जना सञ्चो भएका छ्न भने बाँकी ११ जनाको सेती प्रादेशिक अस्पताल र महाकाली अञ्चल अस्पतालको आईसोलेसनमा उपचार चलिरहेको छ ।
पुनर्वासमा कोरोना जित्नेको संख्या १० पुग्यो,
-सुनिलकुमार लो
कञ्चनपुर, ८ असार ।
पुनर्वासमा कोरोना जित्नेको संख्या दश पुगेको छ । सोमबार मात्र कोरोनालाई पराजित गरि तीन जना पुरुषहरु घर फर्कदै छ्न । आज कोरोना पराजित गरि घर फर्कने व्यक्तिहरु पुनर्वास ९ का हुन । ती व्यक्तिहरु हरि बिक (बर्ष २०),श्यामलाल सुनार(बर्ष ४३) र बिरेन्द प्रसाद जैसी ( बर्ष३१) रहेका छ्न । निजहरु विगत १६ दिनदेखि महाकाली अञ्चल अस्पताल भिमदत्तनगरमाको आईसोलेसनमा बसिरहेका थिए । कोरोनाको कुनै लक्षण नदेखिए पछि निजहरूलाई घर फर्काईएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताएका छ्न ।
यस अघि पुनर्वास नगरपालिकामा सात जनाले कोरोनालाई पराजित गरिसकेका छन । कोरोना पराजित गर्नेहरूमा प्रयोगशालाकर्मीद्वय जनकसिंह धामी(३३) र
दुर्गादत्त भट्ट (३९) पुनर्वास ६, झक बहादुर तिवारी(५२) पुनर्वास ५, कमल थापा(३३) पुनर्वास ५,लालसिह सुनार (३४) पुनर्वास ९, सन्तोष सुनार(३०) पुनर्वास ९ र अमित कुमार जैसी(२८) पुनर्वास ९ रहेका छ्न ।
हालसम्म पुनर्वास नगरपालिकामा आरडिटी परिक्षण १५४२ जनाको भईसकेको छ, जसमा १४५६ को नेगेटिभ आएको छ भने ८६ जनाको पोजेटिभ आएको छ । त्यसैगरी पिसिआर परिक्षण १३८ जनाको भएको मध्ये ७९ जनाको रिपोर्ट नेगेटिभ र २१ जनाको पोजेटिभ आएको छ । ४८ जनाको पिसिआर परिक्षणको रिपोर्ट आउन अझै बाँकी छ ।
पिसिआर पोजेटिभ आएका बिरामीहरु मध्ये १० जना सञ्चो भएका छ्न भने बाँकी ११ जनाको सेती प्रादेशिक अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार चलिरहेको छ ।
कोरोना जित्नेको संख्या २ हजार १४२ पुग्यो
काठमाडौं, ८ असार ।
नेपालमा कोरोना जित्नेको संख्या २ हजार १४२ पुगेको छ ।
सोमबार थप ३७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। यो सहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार
१०३ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ र आरडीटी विधिबाट ५ हजार ९२९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।
यस्त सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुग्यो, रसुवा बाहेक सबै जिल्लामा कोरोना
काठमाडौँ, ८ असार ।
नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए ।
सुदुरपश्चिममा संक्रमितको संख्या ११२० सय पुग्यो
धनगढी, ८ असार ।
सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ११२० पुगेको छ । आईतवारसम्म १०२४ जनामा रहेकोमा सोमवार ९६ जना थपिएका हुन् । यो संख्या अझ वढ्नेछ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।
उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ।अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।
Subscribe to:
Posts (Atom)






