Saturday, October 17, 2020

नेपालमा आज ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।
आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ७०३८ जना
प्रदेश २ मा १५४४७ जना
वाग्मती प्रदेश ३८५६० जना
गण्डकी प्रदेशमा ४६४८ जना
प्रदेश ५ मा ११७२८ जना
कर्णाली प्रदेशमा ३८३२ जना
सुदूरपश्चिम प्रदेशमा ७८८७ जना
काठमाडौं, भक्तपुर र ललितपुरसहित यी १२ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका जिल्लाहरु :-
  • काठमाडौं
  • ललितपुर 
  • भक्तपुर
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • चितवन
  • सुर्खेत 
  • मकवानपुर
  • बाँके
  • दाङ
  • कास्की

बाँसगढीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भिर घाइते ! 

 


कृष्ण बा बुढा असोज ३० बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका ३ उत्तरभकारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्को एक गम्भिर घाइते भएका छन् । कोहलपुरबाट बाँसगढीतर्फ गइरहेको भे १ प ८७४३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ नै गइरहेको ना ६ ख ४९०० नम्बरको ट्रकले किच्दा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जानकारी दिएको छ।                                                                             मोटरसाइकलमा सवार बारबर्दिया नगरपालिका ९ की ४० वर्षिया लाली थारुको घटनास्थलमा नै मृत्यु भएको बाँसगढी प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उनका श्रीमानलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याइएको छ । मृतक महिलाको शवं अहिले घटनास्थलमा नै रहेको छ ।

Friday, October 16, 2020

हृदयघातका कारण मृत्यु भएकी ओझाको मृत्यु दाबी भुक्तानी


-देबराज गिरि

पुनर्वास / ३० असोज

हृदयघातबाट जानकी ओझाको मृत्यु भएपछि नेपाल लाईफ ईन्स्योरेन्स क.लि.ले ५,३६,०००/-  मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले पुनर्वास नगरपालिका ८ निबासी जानकी ओझाको मुत्यु पश्चात उनका श्रीमान देबराज ओझालाई पाँच लाख छत्तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नेपाल लाईफ ईन्स्योरेन्स क.लि. आइ बि आर डि उप शाखाले मिति २०७७/०६/२९ गते एक कार्यक्रम आयोजना गरी मृतक ओझाका श्रीमानलाई बीमा दावी बाफतको भुक्तानी गरेको हो ।
पुनर्वास नगरपालिका ८ निबासी जानकी ओझाको ४ महिना पहिले मात्र ५ लाख बीमाङ्कको बीमा एजेन्सी म्यानेजर बिष्णु प्रसाद पान्डे मार्फत गराएकि हुन । ओझाका श्रीमानलाई बोनस सहित कूल ५ लाख ३६ हजार रुपैया आइ बि आर डि उप शाखा प्रबन्धक नरेश कोइरालाले हस्तान्तरण गरेका हुन् ।

Thursday, October 15, 2020

आजको राशिफल/आज २०७७ साल असोज २९ गते विहिवार

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २९ गते बिहिबार इश्वी सन २०२० अक्टोबर १५ तारीख अधिक आश्विन कृष्णपक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी उत्तरफाल्गुनी नक्षत्र ब्रह योग भद्रा करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा मातङ्ग योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अनलाचह्रेपूजा ग्रामीण महिला दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक ब्यत्तित्वह?को साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

Wednesday, October 14, 2020

मासु काटने व्यक्तिमा कोरोना देखियो


कैलाली : धनगढीको एक मासु पसलमा कार्यरत व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३५ वर्षीय ती पुरुषलाई सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कोरोना पुष्टि भएको हो।
उनले एक मासु पसलमा मासु काट्ने काम गर्नेगरेको उपमहानगरपालिकाले जनाएको छ।

आजको राशिफल/आज २०७७ असोज २८ गते बुधबारको राशिफल

आज २०७७ असोज २८ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

Tuesday, October 13, 2020

आजको राशिफल/आज वि.सं. २०७७ असोज २७ गते मंगलवारको राशिफल

वि.सं. २०७७ असोज २७। मंगलवार। इ.स. २०२० अक्टोबर १३।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। एकादशी, १०:०४ उप्रान्त द्वादशी।
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला। अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ। समस्या समाधान गर्न काम दोहोयाउनुपर्ने हुन सक्छ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। काममा अधिक खर्च हुनेछ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
• 

Monday, October 12, 2020

भोलिदेखी कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध हुने


कञ्चनपुर, २६ असोज ।
भोलिदेखी  ५ दिनसम्म  विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको लालपुर एक सय ३२ केभी सवस्टेशनमा ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले मंगलबारदेखि शनिबारसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।
लालपुर सबस्टेशनमा १५ एमभीएको ठाउँमा ३० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको अत्तरिया ग्रिड शाखाले जनाएको छ।
सबस्टेशन अन्तर्गतको बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आलोपालो रुपमा विधुत आपुर्ति हुने ग्रिड कार्यालय अत्तरियाले जनाएको छ।

कोरोना भाईरस मोबाईलको स्क्रिनमा २८ दिनसम्म जिवित रहने

कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धानदाताहरुले बताएका छन् ।
अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ ।
यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ ।
केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् ।
धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ ।
अनुसन्धानमा के भनिएको छ ?
यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा यो ६ दिनसम्म जिउँदो रहन सक्ने बताइएको थियो ।
तर अष्ट्रेलियाली एजेन्सी सिएसआईआरओको एक अनुसन्धानमा भाइरस अत्यधिक बलियो र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोनको सीसा, प्लास्टिक र बैंकको नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्ने बताइएको छ ।
कोरोनाभाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ ।
 भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा पत्ता लागे अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा भाइरस निकै समयका लागि जिवित रहन सक्दैन । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस चौबिस घण्टा भित्र संक्रामक हुँदैन ।
चिल्लो सतहमा यो भाइरस धेरै दिनसम्म जीवित रहन सक्छ जबकि कपडाजस्ता सतहमा यो १४ दिनपछि जीवित रहन सक्दैन ।
के यसमा असहमति छ ?
कार्डिफ युनिभर्सिटीको कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रन एक्सेलले यो अनुसन्धानको आलोचना गरेका छन् । भाइरस २८ दिनसम्म जिउँदो रहनसक्ने भन्ने अनुसन्धानले मानिसहरुमा अनावश्यक डर पैदा गरिरहेको बताएका छन् ।
उनले भने, ‘यो भाइरस खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका स–साना कण र फोहोर हातबाट फैलने गर्छ । तर यो अनुसन्धानमा भाइरस फैलने कारणको रुपमा मानिसहरुको ताजा खकारको प्रयोग गरिएको छैन ।’
‘मानिसहरुको ताजा खकारमा अधिक संख्यामा ह्वाइट सेल हुन्छ जसले भाइरसलाई नष्ट गर्नका लागि एन्जाइम बनाउँछ । खकारमा भाइरससँग प्रतिस्पर्धा गर्नका लागि एन्टीबडी र केमिकल पनि हुनसक्छ ।’
‘मेरो विचारमा संक्रामक भाइरस सतहमा खसेको खकारमा केही घण्टासम्म जीवित रहन सक्छ, थुप्रै दिनका लागि होइन ।’
यसै वर्ष जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्राध्यापक इमानुएल गोल्डम्यानको एउटा शोध चर्चित पत्रिका लासेन्टमा छापिएको थियो । यसमा ‘सतहमा परेको थुकको कणले संक्रमणको खतरा कम हुने’ बताइएको थियो ।
गत हप्ता क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसीन प्राध्यापक मोनिका गान्धीले कोरोना भाइरस सतहमार्फत् नफैलने बताएकी थिइन् ।
‘हात र टचस्क्रिनलाई सफा गर्ने बानी बसाल्नुहोस्’
पल्लब घोष, विज्ञान संवाददाता
कोभिड–१९ को भाइरस मुख्य रुपमा हावामार्फत् फैलन्छ । हालसम्म भएको अनुसन्धानबाट थाहा हुन्छ कि यो भाइरस हावामा भएको कणमा तीन घण्टासम्म जीवित रहन सक्छ ।
बैंकको नोट र टचस्क्रिन जस्ता सतहमार्फत् यो भाइरस कति तीब्र रुपमा फैलन सक्छ भन्नेबारे हालसम्म कुनै सटिक जानकारी पाइएको छैन ।
स्टेनलेस स्टिलमार्फत् यो भाइरस कति बेरसम्म जीवित रहन सक्छ यसका लागि हालै एक अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा सामान्य तापक्रममा यो भाइरस स्टेनलेस स्टीलमा तीनदेखि १४ दिनसम्म जीवित रहने बताइएको छ ।
नयाँ अनुसन्धानमा सीसा, कागज, प्लास्टिकका नोट र स्टीलमा यो भाइरस कति दिनसम्म जीवित रहन्छ भनेर पत्ता लगाइएको छ । यी सबै सतहमा २० डिग्री सेल्सियरमा २८ दिनपछि पनि भाइरसबारे पत्ता लगाउन सकिन्छ भन्ने निष्कर्ष अनुसन्धानले निकालेको छ । यसमा भाइरस जीवित रहने समय यसअघिका शोधभन्दा धेरै बताइएको छ ।
यो अनुसन्धान जुन परिस्थितीमा गरिएको थियो त्यो भाइरस अनुकूल थिए उदाहरणका लागि अँध्यारो कोठा, स्थिर तापक्रम र ओसिलो हावा । वास्तविक जीवनमा भाइरसले आफ्नो अनुकूल परिस्थिती कमै पाउँछ ।
तर पनि अनुसन्धानको यो नतिजाले एकपटक पुनः बताउँछ कि संक्रमणको खतरालाई कम गर्नका लागि नियमित रुपमा हात धुने र टचस्क्रिनलाई धुन वा स्यानिटाइज गर्न आवश्यक छ । साथै, संक्रमणको खतरालाई कम गर्नका लागि हामीले आफ्नो अनुहार छुनबाट बच्नुपर्छ ।

आजको राशिफल/आज २०७७ असोज २६ गते सोमबारको राशिफल

आज २०७७ असोज २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुनेछ ।

Sunday, October 11, 2020

आजको राशिफल/आज २०७७ असोज २५ गते आइतबारको राशिफल


आज २०७७ असोज २५ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बृष
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आ’लो’च’क’ह’रू’ले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
सिंह
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
कन्या
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
धनु
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
मकर
पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ
समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

Saturday, October 10, 2020

आजको राशिफल/आज वि.सं. २०७७ असोज २४ । शनिवार।

आजको राशिफल/आज वि.सं. २०७७ असोज २४ । शनिवार। इ.स. २०२० अक्टोबर १०।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। अष्टमी, १२:४१ उप्रान्त नवमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ):प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
वृष -(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। सा’झेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।
मिथुन -(का, कि, कु, घ, ङ, छ, के, को, ह):साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यां’कन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।
कर्कट -(हि, हु, हे, हो, डा, डि, डु, डे, डो):समयमा वचन पुर्याउन नसक्ता अरूले आलो’चना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।
सिंह -(मा, मि, मु, मे, मो, टा, टि, टु, टे):सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आ’फन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। साँझतिर आफ्ना कमजो’रीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।
कन्या -(टो, प, पि, पु, ष, ण, ठ, पे, पो):सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले म’हत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
तुला -(र, रि, रु, रे, रो, ता, ति, तु, ते):व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्र’मा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।
वृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु):प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले का’ममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ। हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ।
धनु -(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मकर -(भो, ज, जि, खि, खु, खे, खो, गा, गि):स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।
कुम्भ -(गु, गे, गो, सा, सि, सु, से, सो, द):घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ श’रीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।
मीन -(दि, दु, थ, झ, ञ, दे, दो, च, चि):प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भ’इनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रि’या अघि बढ्’नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।नेपाली पात्रोबाट ।

लागुपदार्थ दुर्ब्यसन निराकरण तथा महिला हिंसा अन्त्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ! 


 कृष्ण बा बुढा असोज २३ बर्दिया / बर्दियाको बाँसगढी को वडा न ६ मा बाँसगढी युबा सरोकार समिति को समन्वय ,मोतिपुर इलाका प्रहरी कार्यालय को अभियान र गुराँस आमा कृषक समूह बाँसगढी ६ दमौली को ब्यवस्थापन मा लागुपदार्थ दुर्ब्यसन निराकरण ,महिला हिंसा को अन्त्य आत्महत्या को कारण र न्यूनीकरण का उपायहरु कोभिड १९ को कारण जनजिवनमा पारेको प्रभाव को विषयमा छ्लफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।                                                                 

कार्यक्रममा प्रमुख अतिथी वडा६ का वडा अध्यक्ष दशरथ थारु विषेश अतिथि बाँसगढी इलाका प्रहरी कार्यालय प्रमुख विरेन्द्र सिह थापा ,अतिथिहरु क्रमश समाजसेबि लाल बहादुर क्षेत्री ,युवा सरोकार समिती का महासचिव सन्तोष बास्तोला ,सम्योजक रेशम अधिकारी दलित सेवा शाखा बाँसगढी का अध्यक्ष बिनोद परियार युवा नेता दान बहादुर बुढा हरिश पौडेल लगाएत आमनागरिक को उल्लेख सहभागिता थियो ।                   

                                                                                  विषेश अतिथी विरेन्द्र सिह थापाले अहिलेको अबस्थामा विषेश गरि युबाहरु नै लागुपदार्थ दुर्ब्यसन मा लाग्ने गरेकाले उनिहरुलाई सचेत गराउन आश्यक रहेको कुरा बताउनु भयो अहिले महिला हिंसा बढी रहेको ले यसमा महिला नै सचेत हुनुपर्ने आश्यक कानुनि सहयोग परे आफ्नो तर्फ बाट सहयोग गर्न तयार भएको कुरा समेत बताउनु भयो । उक्त कार्यक्रम मा समाजमा सिर्जित विभिन्न खालका सामाजिक समस्या विकृती विङ्ती सो को निराकरण समन्धी जनचेतना फैलाउने उदेश्य ले गरिएको थियो ।उक्त कार्यक्रमको सहजीकरण युबा सरोकार समितिका महासचिव सन्तोष बास्तोलाले गर्नु भएको थियो ।