Saturday, August 8, 2020
पुनर्वासमा सशस्त्र प्रहरीको सक्रियता बढ्यो, २ लाख बराबरको अबैध कपडा बरामद ।
-यम प्रसाद आचार्य
पुनर्वास, २४ साउन।
कञ्चनपुरको पुनर्वासमा भारतबाट नेपाल ल्याउदै गरेको अवैध कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बसही बजारबाट चोरी बाटो हुँदै नेपाल भित्र्याउनै लाग्दा आनन्द बजार बि.ओ.पि पोस्टको गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।
सनिवार बिहान नौ बजे तिर भारतिय तस्करहरुले पुनर्वास-४ को आमताल हुँदै साईकलमा नेपाल भित्र्याउन लाग्दा साईकल सहित २ लाख बराबरको कपडा नियन्त्रणमा लिएको आनन्दबजार बि.ओ.पि पोष्टका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले बताउनु भएको छ। सामान नियन्त्रण लिएपछि १५-२० जना भारतीयहरुको टोलिआएर हुलहुज्जत गरी मान्छेलाई भगाएको निरीक्षक बिष्टले बताउनु भयो। उहाँका अनुसार गस्तीमा ४-५ जना मात्रै गएको र शंका लागेपछि लुकेर चियाउँदा दस गजामै पक्रिन सफल भएको बताउनु भएको छ।
कोरोना महामारी सुरु भए सँगै भारतिय सिमावर्ती बजारहरु धारासायी बन्दै गएका छन । भारतीय व्यापारीहरुले नेपाली व्यापारीहरुसँग तालमेल मिलाएर सामान सिमामा पुरयाउने र नेपालीले यता सिमाबाट लुकाई छिपाई ल्याउने गरेको भन्दै पुनर्वासको सिमा सुरक्षा ब्यबस्था प्रती नै प्रश्न उठिरहेको थियो। यस सन्दर्भमा पटक- पटक सोध्दा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले अहिले सबै जनशक्ति कोरेन्टिन व्यवस्थापनमा लागेको भन्दै सिमा जिम्मेवारी सशस्त्र प्रहरीले समालिरहेको भनेर पन्छिदै आएको थियो भने सशस्त्रले पनि जनशक्ति कै अभावका कारण सबै चोरी नाका कभर गर्न नसकेको जनाउदै आएको थियो । उसो त प्रहरी प्रशासनबाट आफू विश्वस्त नभएको भन्दै पुनर्वासका किसानहरुले सिमा अनुगमन समिती नै गठन गरेका थिए।
तर पछिल्लो समय सशस्त्रले आफ्नो सक्रियता बढाएको देखिएको छ। दिनहुँ जस्तो अहिले अवैध समाग्री सानो-ठूलो मात्रामा सशस्त्रले नियन्त्रण लिदै सिमा सुरक्षा कडा पारेको संकेत दिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment