कृष्ण बा बुढा
श्रावण, २४ सुर्खेत \छिन्चु - जाजरकोट सडक खण्डको भेरीगगा १० पर्ने मेलालाग्ने चौर नजिकै आज शनिबार लगभग १ बजेतिर अटो रिक्सा र मोटरसाइकल ठोक्किएको छ ।
कर्णाली प्रदेश ०२ ००१ प ४०३९ मोटरसाइकल र भे १ ह ४०२४ नम्बरको अटो एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार जनकपुर घर भइ हाल मेहलकुना अस्पतालमा कार्यरत डाक्टर बिबेक झाको अवस्था गम्भिर रहेको छ । उक्त मोटरसाइकल चालक मेहलकुना अस्पतालमै कार्यरत डाक्टर श्रीधर आचार्य पनि घाइते भएको छन । दुबै जनाको उपचारका लागि बिरेन्द्रनगर सुर्खेत पठाइएको अस्थायी प्रहरी पोष्ट छिन्चुले जानकारी दिएको छ ।

No comments:
Post a Comment