Saturday, August 15, 2020

पुनर्वासमा अन्तर्राष्ट्रिय सिमा सरोकार समूहद्वारा अन्तर्कृया कार्यक्रम आयोजना गरीने

-सुुुुुनिलकुमार लो
कञ्चनपुर, ३१ साउन
पुनर्वासमा अन्तर्राष्ट्रिय सिमा सरोकार समूहद्वारा अन्तर्कृया कार्यक्रम आयोजना गरीने भएको छ ।
भारतिय अतिक्रमणमा परेका नेपाली भूभागका बारेमा सरकारसंग विभिन्न चरणमा गरीएका छ्लफलका बारेमा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी दिने र परामर्श लिने उद्देश्यका साथ सो कार्यक्रम गर्न लागिएको अन्तररास्ट्रिय सिमा सरोकार समितिका संयोजक पल्लब राज भट्टले बताए ।
कञ्चनपुरको भारतिय सिमावर्ती दक्षिणी क्षेत्रका विभिन्न स्थानहरुमा पनि भारतीय पक्षबाट सिमा अतिक्रमण भैरहेको छ । उक्त मुद्दालाई समाधान  गर्न "अन्तर्राष्ट्रिय सिमा सरोकार समुह" ले सरोकारवाला निकाय तथा नेपाल सरकारसङ्ग विभिन्न चरणमा छ्लफल र परामर्श गरिरहेको छ । केही दिन अघि अन्तर्राष्ट्रिय सिमा सरोकार समितिका संयोजक पल्लब राज भट्टको नेतृत्वमा सिमा अतिक्रमणका विभिन्न विषयमा सम्बन्धित निकायलाई जानकारी दिन काठमाडौंमा डेलिगेसन गएको थियो ।यस क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्रमा भईरहेको अतिक्रमणका बारेमा प्रधानमन्त्रीका प्रतिनिधि, परराष्ट्र मन्त्रालय लगायत सरकारका सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाईएको थियोे । यसका साथै राज्य व्यवस्था तथा सुशासन समितिसंग छलफल र अन्तर्कृया गरि मुद्दालाई राष्ट्रियकरण गरिएको थियोे । त्यस क्रममा संयोजक भट्टले विभिन्न राष्ट्रिय सञ्चार माध्यममा यसबारेमा अन्तरवार्ता दिई यस मुद्दा प्रती राष्ट्रकै ध्यान तान्न सफल भएका थिए ।
सोही विषयमा थप अन्तरक्रिया गर्ने उद्देश्यले   मिति २०७७/०४/३२ गते बिहान ११:०० बजे वडा नम्बर ४ स्थिति श्री नमुना आधारभुत विद्यालयमा वडा नम्बर ४ र ६ का जनताका लागि तथा पुनर्वास नगरपालिका वडा नम्बर ८ र ९ का जनताका लागि श्री नवदुर्गा आधारभुत विद्यालय मोतियामा सिमासङ्ग सम्बन्धित सरोकारवाला सम्पुर्ण पक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधिहरु, पत्रकार लगायतका सम्पुर्ण व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय सिमा सरोकार समूह कंचनपुरले उपस्थितिका लागि आग्रह गरेको छ ।

No comments:

Post a Comment