Monday, August 10, 2020
बेलौरी हत्याकाण्ड: बोक्सी आरोप लगाएर सम्बन्ध बिग्रेपछि चार लाख दिएर हत्या
कञ्चनपुर। बेलौरी ७ मा दस दिन अघि हत्या गरीएका खाती दम्पत्तिको छिमेकीले सुपारी दिएर गराएको खुलेको छ । बेलौरी भगतपुरका घनश्याम खाती र उनकी धर्मपत्नि बेलिदेबी खातीको १० दिन अघि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
धारिलो हतियार प्रहारबाट बेलिदेबीको घट्नास्थलमै र घनश्याको पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
खातीका छिमेकी प्रकाश ऐरले कृष्णपुर २ बाणीका रवि रानालाई चार लाख दिएर खाती दम्पत्तिको हत्या गराएको खुलेको छ ।
छिमेकी ऐरले खातीलाई बोक्सी आरोप लगाएपछि दुई परिवारबीच सम्बन्धि बिग्रिएको खुलेपछि प्रहरीले त्यसैका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले घट्नापछि विभिन्न कोणबाट खोजी गरी हत्यामा संलग्न व्यक्ति पक्राउ गरिएको बताए ।
प्रहरीले सुरुमा खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई पक्राउ गरिएको थियो । छोराको संलग्नता नपाएपछि प्रहरीले उनलाई छाडेर दिनेशमाथि अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा ऐर परिवारसित सम्बन्ध बिग्रिएको र दिनेशले अर्का होरी रानासंग मिलेर खातीका छोरा राजेशलाई मदिरा सेवन गराएको खुलेपछि अनुसन्धान खाती परिवार बाहिर केन्द्रित गरिएको थियो ।
प्रहरीका अनुसार छिमेकी ऐरको योजनामा खातीका छेरा राजेशलाई दिनेश र होरीले पसलमा लगेर मदिरा खुवाएका थिए । खातीका बुवा आमामाथि प्रहार गरेपछि मात्रै दिनेशले उनलाई मोटरसाइकलमा घर पुगाएको थियो ।
‘योजना बनाएर प्रहार गरिएको रहेछ, मदिरा सेवन गराउने, प्रहार गर्ने र त्यसपछि उनलाई घरमा पुगाएको रहेछ’ प्रवक्ता थापाले भने ।
प्रहरी हिरासतमा छुटेका राजेशले साउन १९ गते ऐर र होरी विरुद्ध किटानी जाहेरी दिएपछि दुबै जनालाई पक्राउ गरिएको थियो । उनीहरु दुबैको बयानका आधारमा आइतबार कृष्णपुरको गुलरियाबाट रविलाई पक्राउ गरिएको हो । उनी भाग्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाको कमाण्डको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरीले घट्नाको अनुसन्धान गरेको थियो । हत्यारा खोज्न प्रहरीको कुकुर समेत प्रयोग गरिएको थियो ।
प्रहरीले ऐर सहित हत्यामा संलग्न सबैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरुमाथि ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाईको छ । प्रहरीले ऐरले रविलाई दिएको चार लाखमध्ये डेढ लाख उनको घरबाट बरामद गरेको छ । यसैगरी घट्नामा प्रयोग गरिएका दुई मोटरसाइकल समेत बरामद गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment