Monday, August 10, 2020

शुक्लाफाँटाको बतासे झरना जान रोक

कञ्चनपुर  । शुक्लाफाँटा नगरपालिका–८ ले बतासे झरना सहित धार्मिक पर्यटकीय क्षेत्रमा आउजाउ बन्द गरेको छ ।
वडा कार्यालयले सोमबार सूचना जारी गरी कोरोना संक्रमण लगायतका अन्य कारणले ती क्षेत्रमा आउजाउ गर्न रोक लगाएको छ । केही समयदेखि कोरोनाको समेत पर्वाह नगरी आन्तरिक पर्यटक त्यस क्षेत्रमा घुम्न जाँदा कोरोना भाईरसको संक्रमण फ़ैलिने जोखिम बढेको थियोे ।

No comments:

Post a Comment