Wednesday, August 12, 2020

पुनर्वासमा ९ वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु



कञ्चनपुर,२८ साउन
पुनर्वासमा पोखरीमा  डुबेर ९ बर्षिया बालिकाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका वडानम्बर ११ अमरबस्तीकी  ८ वर्षीय बालिका  सिर्जना बोगटीको पोखरीमा डुबेर मृत्यु भएको पचकडिया प्रहरी चौकीका असई रमेश चौधरीले बताएका छ्न ।
बस्तुभाउ हेर्न  जङ्गलमा गोठालो  गएका बेला श्री कृष्ण सामुदायिक वनले बनाएको पोखरीमा साथीहरू संग पौडी खेल्ने क्रममा  उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको चौधरीले  बताए  ।
हाल मृतक बालिकाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको पचकडिया प्रहरी चौकीले जनाएको छ ।

No comments:

Post a Comment