Wednesday, August 12, 2020
पुनर्वासमा ९ वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु
कञ्चनपुर,२८ साउन
पुनर्वासमा पोखरीमा डुबेर ९ बर्षिया बालिकाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका वडानम्बर ११ अमरबस्तीकी ८ वर्षीय बालिका सिर्जना बोगटीको पोखरीमा डुबेर मृत्यु भएको पचकडिया प्रहरी चौकीका असई रमेश चौधरीले बताएका छ्न ।
बस्तुभाउ हेर्न जङ्गलमा गोठालो गएका बेला श्री कृष्ण सामुदायिक वनले बनाएको पोखरीमा साथीहरू संग पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको चौधरीले बताए ।
हाल मृतक बालिकाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको पचकडिया प्रहरी चौकीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment