Wednesday, February 28, 2018

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट चाहिने, म्यानपावर संघको आपत्ती

     युएई, फाल्गुन१६ –
           युएई आउने विदेशी कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य चाहिने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो । युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउन सक्ने छन् । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोध

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएई जाने कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ । रिपोर्ट बनाउँदा लाग्ने ४ हजार ३ सय रुपैयाँले कामदारलाईआर्थिक भार थपिने भन्दै संघले यस्तो काम नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको विज्ञप्तिमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागलेप्रमाणिकरण गरिसकेको प्रहरी रिपोर्ट नेपालमा रहेको युएईको दूतावासले गर्नुकोकुनै औचित्य नभएको भन्दै यसमा श्रम तथा रोजगार मन्त्रालयमौन बसेको भन्दै संघले आपत्ति जनाएको छ । युएई सरकारले यही फेब्रुअरीदेखि लागु हुने गरी विदेशी कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ । यस अघि पहिल्यैदेखि युएईमै रहेर काम गरिरहेका तर काम परिवर्तन गर्न लागेकाहरुका लागि पनि रिपोर्ट चाहिने भनिएको थियो ।तर त्यो निर्णय फेर्दै गर्दै काम परिवर्तन गर्नेहरुका लागि त्यो नचाहिने जनाएको छ । अब भर्खरै युएई पुगेका र जान लागेकाहरुले प्रहरी रिपोर्ट बनाउनु पर्नेछ ।

पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन । युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनु पर्छ । अन्यथा यहाँ आएर पास्पोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुुभयो ।

युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात  बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलनशाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ । चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।

चारीत्रिक प्रमाणपत्र आफ्नोवेभ साइटबाट डाउनलोड गर्न सकिने प्रहरीले जनाएको छ । निवेदनका साथमा राहदानीको प्रतिलिपी, नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता, पासपोर्ट साइजको २ वटा रंगिन फोटो चाहिन्छ ।  निवेदन दिएको तीन दिनपछि सम्बन्धित कार्यालयबाट बिहिबार र शुक्रबार मात्रै प्रमाणपत्र वितरण गरिने प्रहरीले जनाएको छ ।

युएईमै रहेका नेपालीले के गर्ने ?

युएईमै रहेका नेपालीका लागि अहिलेकै कम्पनीमा रहुुञ्जेलपुलिस रिपोर्ट आवश्यक पर्दैैन तर कम्पनी परिवर्तन गर्नुु परेमा रिपोर्ट अनिवार्य गरिएको छ । कम्पनी परिवर्तन गर्नेहरुले आफू रहेको ठाउँ नजिकैको प्रहरी कार्यालयबाट रिपोर्ट बनाउन सक्नेछन् । दूतावासमा जानकारी लिन आउने बढे  युएई आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरिएपछि दूतावासमा यस बारे बुझ्न आउनेहरु बढेका छन् । उनीहरुले टेलीफोन गरेर र आफैैं दूतावासमा आएर जानकारी लिइरहेको दूतावासका प्रवक्ता द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । यसैबिच युएईका लागि कार्यबहाक नेपाली राजदूत सागरप्रसादफुुयाँलले नेपालीलाई कागजात बनाउन र यो जानकारी सबैसम्म पुर्याइदिन पनि आग्रह गर्नु्भएको छ । युएईले यो योजना आपराधिक गतिविधि नियन्त्रण गर्न ल्याएको भन्दै फुुयाँलले यसले नेपालीलाई फाइदा हुने बताउनु्भयो ।

मर्यादित भएर होली मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

धनगढी, १६ फागुन । जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले  जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादक पदार्थ सेवन गरेर वा नगरी अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गर्दै कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

यस वर्ष पहाडी जिल्लामा यही फागुन १७ र तराईका जिल्लामा फागुन १८ गते होली पर्वको सार्वजनिक बिदाको व्यवस्था सरकारले गरेको छ । यद्यपि तराईका कैलाली, कञ्चनपुरमा दुवै दिन होली मनाउने चलन पहिलेदेखि नै रहेको छ ।

श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यतिआनन्द आउँदैन

काठमाडौ ।
       मेरो विचारमा श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ । मैले सुनेअनुसार कतिपय अवस्थामा पुरूषको सानो यौनाङबाट पनि पर्याप्त यौन सुख हासिल गर्न सकिन्छ, त्यसका लागि मैले के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? १३३९– डा. राजेन्द्र भद्राश्रीमान्सँग आनन्द आउँदैनयौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविकपनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयारहुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौनचरमसुख पाउने त आफैंले हो ।तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर हो । प्राय:जसो महिलाले यही अंगको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर गरिनेयौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन । भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसन बढी प्रभावकारी हुनसक्छ । अर्को बुझ्नुपर्नेकुरा के हो भने महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग । सानै भए पनि लिंगले भने योनिको बाहिरी भाग घर्षण गर्नसहयोग गर्छ । तपाईंले श्रीमान्सँगबाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि भन्ने विषयमा पनि विचार गर्नुपर्छ ।योनिलाई कसरी कसिलो बनाउने ?तपाईंले योनि ठूलो भएको कुरा गर्नुभएको छ, सम्भवत: तपाईंले योनि खुकुलो भयो भनेर लेख्न खोज्नुभएको होला भनेर, त्यसैअनुरूप जवाफ दिने प्रयास गरेको छु ।समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ । योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ । लिंगलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ । तपाईंले श्रीमान्को लिंग ठूलो भएको कुरा गर्नुभएको छ, त्यसैले यस विषयमा चर्चा गर्नु मनासिब लागेन ।अब योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं । योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधंै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र ? पक्कै हुँदैन । यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् ।यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरतभनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपार्इंले महसुस गर्न सक्नुहुन्छ । यो मांसपेशीलाई पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्याउनुपर्छ । यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्तगर्न मद्दत गर्छ ।थप केही जानकारी दिउँ भनेर योनि कसिलो बनाउने अन्य उपायका बारेमा पनि चर्चा गर्दैछु । निश्चित तौलका योनि कोन (भजाईनल कोन, vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्याइराख्न भनिन्छ, जसले गर्दा यौनांग मांसपेशी बलियो होस् । त्यसगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनांग क्षेत्र (pelvic floor) को मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । Neocontrol व्यापारिक नाम भएको साधन एक विशेष किसिमको कुर्सी हो ।यसमा विशेष किसिमले चुम्बकीय क्षेत्र प्रयोग गरेर यौनांगको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुईपटक यस्तै आठ हप्ताजति गरिन्छ ।अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्य चिकित्सा पनि गराउनुपर्ने हुनसक्छ । यस्तो शल्य चिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ । अचेल त लेजर प्रविधिको प्रयोग पनि प्रारम्भ हुन थालेको छ ।

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ

काठमाडौं, १६ फागुन अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो।

प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्।

विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए। त्यसलगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए।

प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा होल्ड गरिएको थियो। दुई जना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानस्थलबाट पक्राउ गरी बाहिर ल्याइएको थियो।

सेटिङमा पठाएको घटनाले मंगलबार दिनभर विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले नो अब्जेक्सन लेटर नभएका पाँच भारतीयलाई पक्राउ गरी अध्यागमन विभाग पठाइएको जानकारी दिए।

थपलियाले अन्नपूर्णसँग भने, ‘पहिलो पटक नेपालको हवाईमार्ग हुँदै विदेश जाने भारतीयलाई अनिवार्य दूतावासको पत्र चाहिन्छ। उनीहरूसँग उक्त पत्र नभएकाले पक्राउ गरेका हौं’, अध्यागमनका कर्मचारीले आर्थिक मिलेमतोमा दूतावासको पत्र नभएका पाँच भारतीयको राहदानीमा डिपार्चर छाप लगाइदिएका थिए।

उनीहरू किन भारतबाटै हङकङ गएनन् भन्ने विषयले विभिन्न शंका उब्जिएको छ। ‘नेपालको हवाई मार्ग हुँदै पहिलो पटक विदेश जाने भारतीयले अनिवार्य नो अब्जेक्सन लेटर देखाउनुपर्ने प्रावधान विमानस्थलका सबै सम्बद्ध कर्मचारीलाई थाहा छ’, अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘जसले गरे पनि गम्भीर अपराध भयो।

नो अब्जेक्सन लेटर देखाउने भारतीय नागरिक नेपाल हुँदै अन्य मुलुक जान सक्छन। तर, विमानस्थल अध्यागमनका केही कर्मचारीले पत्र नभएका पाँच भारतीयलाई आर्थिक लेनदेनमा प्रस्थान अनुमति दिइएको देखिन्छ।’ ‘तिनीहरू आतंकवादी संगठनसँग सम्बन्धित भए त्यसको जिम्मा कसले लिन्छ ? राम्रो विचारले उनीहरू हङकङ जान लागेका थिए भने भारतीय दूतावासबाट किन नो अब्जेक्सन लेटर लिएनन्। यो प्रकरणमा गम्भीर लापरवाही भएको छ। गृह मन्त्रालयले छानबिन गरोस’, ती कर्मचारीले भने।

‘अध्यागमनले दिएको सूचनापछि हामीले केहीबेर जहाज होल्ड गरी यात्रुका कागजपत्र जाँच गर्‍यौं’, विमानस्थल प्रहरी प्रमुख एसएसपी चन्दले भने, ‘विमान भित्रैबाट दुई भारतीयलाई पक्राउ पनि गर्‍यौं।’

करिब १० जना भारतीय सेटिङमा विमानभित्र चढिसकेको सूचना आएपछि ‘ पुस ब्याक’ भइसकेको जहाज रोकेर यात्रुको कागजपत्र जाँच गरिएको थियो। त्यस क्रममा दुई भारतीयलाई विमान भित्रैबाट निकालेको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका रामबहादुर थापाले गृहमन्त्रीको पदबहाली गर्दै अध्यागमनलाई सुधार्ने पहिलो प्राथमिकता रहेको बताएको भोलिपल्टै (मंगलबार) अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीले आर्थिक सेटिङमा मानव तस्करीको शैलीमा पाँच भारतीय नागरिकलाई हङकङ पठाउने तयारी गरेका थिए।

थापाले अध्यागमन सुधार्न पूर्वमहानिर्देशक केदार न्यौपानेको संयोजकत्वमा कार्यदल बनाउने निर्णयसँगै गृहमन्त्रीको पदबहाली गरेका थिए। ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपाली सीमामा भारतीय डोजर: अनुमतिबिनै पुल र बाटो

फागुन १६,दार्चुला — भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो ।

घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, तम्बाकु, थिकोभेल र दोपखेमा अस्थायी पुल हालिएको छ । सीमा क्षेत्रमा भारतीय पक्षले यति ठूलो निर्माण कार्य गराउँदा नेपाली प्रशासनले सुइँकोसम्म पाएन । कुन मितिमा पुल र बाटो निर्माण गरिएको भन्नेबारे आफूहरूलाई यकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘कहिले निर्माण गरेको रहेछ, बुझ्दै
छौं,’ उनले भने ।

प्रहरीको दुम्लिङस्थित अस्थायी पोस्टले सीमाक्षेत्रमा पुल र बाटो निर्माण भइरहेको थाहा पाएपछि फागुन १० गते नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली यथार्थ बुझ्न खटिएको थियो । त्यस क्रममा भारतीय पक्षले महाकाली तारेर करिब डेढ सय मिटर परबाट ३ वटा डोजर भारतीय क्षेत्रमा पुर्‍याइसकेको देखियो । जबकि दुम्लिङबाट उक्त ठाउँ दुई घण्टाको पैदल दूरीभन्दा कम छ ।

२०१८ भित्र लिपुलेकसम्म सडक पुर्‍याउने लक्ष्यअनुसार निर्माणलाई तीव्रता दिइरहेको भारतले उक्त खण्डमा आफ्नातर्फ कडा चट्टान भएकाले हेभी इक्विपमेन्ट र सामग्री ढुवानीमा नेपाली भूमि प्रयोग गर्न चाहिरहेको छ । भारतीय पक्षले आफ्नातर्फ पहिरोका कारण कैलाश मानसरोवर पैदल मार्ग विभिन्न ठाउँमा अवरुद्ध भएकाले सामग्री ढुवानीका लागि नेपाली भूमि प्रयोगको अनुमति माग्दै गत फेब्रुअरी ३ मा पत्र पठाएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रशासनले अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफूले निर्णय लिन नसक्ने भन्दै मागबारे माघ २१ मा गृह मन्त्रालयलाई जानकारी गराएको थियो । गृहबाट अनुमति प्राप्त नभइकनै भारतीय पक्षले काम थालिसकेको हो । ‘नेपाली पक्षको सहमतिबेगर सीमामा पुल र बाटो निर्माण गरेको सूचना पाएलगत्तै तहसिल कार्यालय धारचुलाका उपजिल्लाधिकारी (एसडीएम) आरके पाण्डेसँग बुझ्यौं,’ प्रजिअ गौतमले भने, ‘उनले विगतमा नेपालको भूमि प्रयोग गरेर डोजर र निर्माण सामग्री ढुवानी गरेको, यसपालि भने आफूलाई जानकारी नभएको भन्दै अनविज्ञता जनाए ।’ अनुमतिबिनै सडक बनाइएकोबारे गृह मन्त्रालयमा जानकारी गराइसकेको पनि गौतमले बताए । भारतीय पक्षले पुल र बाटो बनाइसकेपछि औपचारिकताका लागि मात्र जिल्ला प्रशासनसँग अनुमति मागेको बुझिएको छ ।

भारतीय पक्षले फागुन ९ गते लखनपुरदेखि बुदीसम्म खच्चर मार्ग र झोलुंगे पुल निर्माणका लागि पनि पत्राचार गरेको छ । उक्त पत्रमा महाकालीमा दुई देश जोड्ने चारवटा झोलुंगे पुल र नेपाली भूमिमा १२ किमि गोरेटो निर्माण तथा मर्मतको लागत विवरण मागिएको थियो । लगत्तै दुईवटा काठेपुल र २ किमि गोरेटो बाटो बनाउने भन्दै फेरि छलफल गरेको प्रशासनले जनाएको छ । काठेपुल र बाटो बनाइएको क्षेत्रमा निगरानी गरिरहेको दार्चुलाका डीएसपी जनकबहादुर शाहीले बताए । ‘भारतीय पक्षलाई अनुमतिबिना त्यहाँ आवतजावत गर्न दिएका छैनौं,’ उनले भने, ‘तर, जनशक्ति अभाव भएकाले उक्त जंगली क्षेत्रमा रातको समयमा कसले के गर्छ, थाहा पाउन सकिएको छैन ।’

महाकाली तटीय क्षेत्रका लालीदेखि राप्लाको दुम्लिङका सबै बस्ती भारतमा निर्भर भएकाले भारतीय पक्षले बनाएको पुल र बाटो तत्काल बन्द गर्न नसकिएको प्रजिअ गौतमले बताए । ‘यसको असर तुइन, ट्युब र भारतसित जोडिएका नाकाहरूमा पर्छ,’ उनले भने ।

सीमामा आवतजावत गर्न तुइन र ट्युब प्रयोग गर्नु नेपालीको बाध्यता भएजस्तै महाकालीमा अस्थायी काठेपुल बनाएर नेपाली बाटो हिँड्नु आफूहरूको बाध्यता रहेको भारतीय पक्षले जनाएको छ । नेपालले काठेपुल निर्माण र प्रयोगमा प्रश्न उठाए भारतीय पक्षले तुइन प्रयोगमा अवरोध गर्ने धेरैको बुझाइ छ । यसबारे दार्चुलाका प्रदेश सांसद गेल्बुसिंह बोहरा तथा दलहरूसँग छलफल गर्दा पुल र बाटो अवरुद्ध गरे नेपाली नागरिकले नै बढी दु:ख पाउने भन्दै त्यसमा तत्काल एक्सन नलिन सुझाएको गौतमले बताए ।

शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणका बेला सीमा क्षेत्रमा स्थायी रूपमा सुरक्षाकर्मी राख्न पटक–पटक माग गरिए पनि सुुनुवाइ नभएको प्रशासनले जनाएको छ । ‘सीमाको निगरानी, आउजाउ गर्ने नेपालीको सुरक्षार्थ स्थायी क्याम्प राख्नुपर्ने माग भइरहे पनि अहिलेसम्म ठोस कदम चालिएन,’ गौतमले भने ।

भारतको एसडीएम कार्यालयले फागुन २१ गते पिथौरागढमा सीमाबारे छलफल गर्ने निर्णय गरेको छ । नेपाली भूमि भएर कैलाश मानसरोवर यात्राको नयाँ एजेन्डा पनि बैठकमा प्रस्ताव हुने प्रजिअ गौतमले जानकारी दिए । ‘योसँगै सदरमुकाम खलंगा पारिपट्टिको खोतिला पहिरोलाई वर्षातअगावै हटाउनेलगायत अन्य नियमित एजेन्डामा छलफल हुनेछ,’ उनले भने ।

पुलको माग
भारतले एकतर्फी रूपमा महाकालीमा काठेपुल बनाई आवागमन गरिरहँदा स्थानीयले राप्लाको दुम्लिङमा काठेपुल माग गरेका छन् । यसैका लागि ब्यास–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकी नेतृत्वको टोली आइतबार जिल्ला प्रशासन पुग्यो । लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्दै आइरहेका स्थानीयको सुविधाका लागि काठेपुल निर्माणको माग गरिएको बुढाथोकीले बताए । स्थानीयको यो मागबारे पनि भारतीय पक्षसँगको बैठकमा छलफल गरिने प्रजिअ गौतमले जानकारी दिए । कान्तिपुर दैैैैनिक 

Tuesday, February 27, 2018

ब्राउन सुगर सहित २ भारतिय नागरिक पक्राउ

सागर गैरे,
धनगढी, फागुन १५
       सात नम्बर प्रदेशको  धनगढी उपमहानगरपालीका–४ उत्तरबेहडीको जंगलबाट प्रहरीले ब्राउनसुगर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।  मंगलबार प्रदेश नम्बर ७ प्रदेश प्रहरी कार्यालय दिपायल मातहतको क्षेत्रीय अनुसन्धान समुहले बिषेश सुचनाको आधारमा ३५ग्राम लागु औष ब्राउन सुगर (खैरोहेरोईन) सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरीका सागर चौधरी र सोही ठाउँ बस्ने ३५ बर्षका धर्मसिँह राना रहेका छन् ।

‘पक्राउ परेका अभियुक्तहरु भारतबाट लागुऔषध ब्राउनसुगर (खैरो हेरोईन) खरिद गरी ल्याई नेपालका बिभिन्न सहरहरुमा बिक्री बितरण गर्ने गरेको तथ्य खुलेको छ’ क्षेत्रीय अनुसन्धान समुहका प्रमुख केशब जोशीले भने–‘निकै अनुसन्धान पछि उक्त गिरोहलाई पक्राउ गरेको हो ।’

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाई लागुऔषध अपराध ऐन अन्तरगत मुद्या चलाईने क्षेत्रीय अनुसन्धान समुहका प्रमुख केशब जोशीले जानकारी दिए।

सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

सुर्खेत, फागुन १५ – सुर्खेतको गुर्वाकोट नगरपालिका–२ मालारानीमा ट्रयाक्टर दुर्घटना हुँदा एउटै वडाका तीनजनाको ज्यान गएको छ । 

रड बोकेको भे १ त ६१८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक फत्तबहादुर विक तथा मजदुरहरु शशीराम विक र नारायण खत्रीको ज्यान गएको सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । उनीहरु तीनै जना गूर्वाकोट नगरपालिका – ८ का बासिन्दा हुन् । 

दुर्घटनामा घाइते भएका सुर्खेतको मेहेलकुनाका टेकबहादुर धौलाकोटी र अमर विकलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।  मालारानीको देवकीडाँडा गौरीबजारबाट रड बोकेर मेहेलकुनाका लागि छुटेको ट्रयाक्टरबाट उकालो बाटोमा रड खस्न थालेसँगै पछाडि सर्दा सडकबाट पल्टिएर दुर्घटना भएको हो ।  

प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई अभिमुखीकरण

फागुन १५,धनगढी । प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालनसम्बन्धी अभिमुखीकरण दिन थालिएको छ ।

संघीय संसद् सचिवालयले संसद् सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमो अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा प्रदेशसभा सचिवालयबारे आधारभूत जानकारी, आर्थिक कार्य प्रणाली, संसदीय अभ्यास र अनुगमन, कानून निर्माणमा राज्यका तहबीचको अन्तरसम्बन्ध, कानून निर्माण, दिगो विकास लक्ष्यलगायत विषयमा अभिमुखीकरण दिइएको छ ।

नयाँ संघीय संरचनानुरुप प्रदेशसभा गठन भएका अवस्थामा प्रदेशसभा सदस्यलाई सहजीकरण गर्न कार्यक्रम गरिएको संघीय संसद् सचिवालयका उपसचिव एकराम गिरीले बताए ।

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संघीय संसद् सचिवालयका उपसचिव गिरी, पूर्व सांसद एवं अधिवक्ता रेवतीरमण भण्डारी र युएनडिपीका यामनाथ शर्माले सहजीकरण गरिरहेका छन् । अभिमुखीकरण कार्यक्रममा प्रदेश मन्त्रिपरिषद्का सदस्यका साथै प्रदेशसभा सदस्य सहभागी छन् ।

प्रदेश ७ को राजधानी धनगढीमा यसरी बढ्दैछ जग्गाको भाउ

धनगढी–कैलालीको गोदावरी नगरपालिका मालाखेतीकी सूचेता शाहीले खेतीपाती र घर बनाउनका लागि जिल्ला मालपोत कार्यालय धनगढी आएर ८ कठ्ठा जग्गा किनिन् । ४० लाखमा उनले ८ कठ्ठा जग्गा खरिद गरेकी हुन् ।
अहिले उनले जग्गा किनेको क्षेत्रमा प्रतिकठ्ठा ५ लाख पुगेको छ । १ बर्ष अघिसम्म प्रतिकठ्ठा २ लाख पर्नेमा अहिले ३ लाख बढेको उनले बताइन् । जग्गा किनेर मालपोत कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन्–‘जग्गाको भाउ त छोइनसक्नु हुन लाग्यो, अघिल्लो सालभन्दा त दोब्बर नै भयो ।’
सरकारले कैलालीको धनगढीलाई अस्थायी राजधानी घोषणा गरेर प्रशासनिक कार्यालयहरु स्थापना गरेपछि यतिबेला धनगढी र यस आसपासका स्थानमा जग्गाको भाउ बृद्धी भएको मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएकाहरु बताउछन् ।
कठ्ठा र बर्गमिटरका आधारमा जग्गाको कारोबार हुने धनगढीमा अघिल्लो बर्षको तुलनामा यसबर्ष प्रतिकठ्ठा जग्गाको भाउ १० देखि १५ लाख सम्म बढेको उनीहरुले सुनाए ।
हाइवे छेउमा प्रतिकठ्ठा करोड
दीपक भट्ट, धनगढी स्थित मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्छन् । उनको अनुभवमा अघिल्लो बर्ष भन्दा धनगढीको हाइवे क्षेत्रमा ८० लाख देखि ८५ लाख पर्ने जग्गाको भाउ अहिले १ करोड भन्न थालेका छन् । हाइवे भन्दा भित्र ४० लाखमा कारोबार हुने ठाँउमा अहिले ५० लाख हाराहारीमा कारोबार हुन थालेको छ ।
जग्गाको भाउमा बृद्धी भएपनि किनबेचमा पनि कमी आएको छैन, बरु बढिरहेको छ । भट्टका अनुसार अछाम, बझाङ, बाजुरा, डडेल्धुरा लगायतका क्षेत्रबाट आएकाहरुले घर निर्माणका लागि पाँच धुर देखि दश धुर सम्म जग्गा किन्ने गरेका छन् ।
६ वर्षदेखि जिल्ला मातपोत कार्यालय धनगढीमा लेखापढि ब्यवसाय गर्दै आएका रामचरण चौधरीको पनि उस्तै अनुभव छ । वार्षिक प्रति कठ्ठा जग्गाको भाउ एकदेखि दुई लाखको दरले बढ्ने भएपनि प्रदेशको अस्थायी राजधानी भएपछि जग्गाको भाउ पहिले भन्दा बढेर आएको उनले सुनाए । उनले भने–‘सरकारी मुल्याङ्कनमा भने बढेको छैन तर जग्गा ब्यपारीहरुले जग्गाको भाउ बढाएका हुन् ।’
धनगढी बजार आसपासका क्षेत्रमा जग्गाको भाउमा बढोत्तरी भएपनि अन्य क्षेत्रमा भने सामान्य बृद्धी भएको स्थानीय बताउछन् । गाउँघरतिको जग्गा अंशबण्डा र राजीनामा धेरै हुने गरेको छ भने धनगढीमा घर बनाउका लागि जग्गा खरिदबिक्री हुने गरेको हो । शहर र त्यस वरीपरीको क्षेत्रमा जग्गा प्लटिङ पनि बढेको छ ।
धनगढीको तारानगर क्षेत्रमा २० देखि २५ प्रतिशतसम्म जग्गाको भाउ बढेको छ । हिजो सम्म प्रतिकठ्ठाको ४० लाख पर्नेमा अहिले ५० लाख सम्म पुगेको स्थानीय योगेन्द्र शाहले बताए ।
अस्थाई राजधानी घोषणा भएपछि जग्गाको कारोबार बढेको मालपोत अधिकृत मनोहर श्रेष्ठको पनि अनुभव छ ।
गएको साउनदेखि मातपोत कार्यालयले एउटा जग्गा एक पटक मात्रै कित्ताकाट गर्ने गरेको छ । तर अंश बण्डालाई भने खुला गरेको छ । कृषि भूमी खण्डीकरण नहोस् भनेर देशभरीका लागि यो व्यवस्था लागू भएको हो । यति हुँदा पनि जग्गाको कारोबारमा कमी आएको छैन ।
कैलालीमा टीकापुर र धनगढीमा रहेका दुई मालपोत कार्यालयबाट जग्गा सम्बन्धी काम हुने गरेको छ ।
ग्रामिण क्षेत्रहरु भजनी, खैलाड, हसुलिया, पधेरा लगायतका क्षेत्रमा भने जग्गाको भाउ खासै बढेको छैन् । तर राजमार्गले छोएका धनगढी, अत्तरिया, मसुरिया लगायतका स्थानमा भने जग्गाको भाउमा बृद्धी भएको हो ।
जिल्ला मातपोत कार्यालयले बर्षमा १ पटक जग्गाको मुल्याङ्कन दर बढाउने गरेको छ । मालपोत अधिकृत श्रेष्ठका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले शहरी क्षेत्रका जग्गाको मुल्याङ्कन दर ५ देखि १५ प्रतिशत बढाउने गरेको छ । सरकारी कार्यालयबाट हरेक आर्थिक वर्षको पहिलो महिनामा जग्गाको मूल्याङ्कन गरिन्छ ।
गतवर्षको भन्दा १५ लाख सम्म बढ्यो
१५ बर्ष देखि मालपोत कार्यालयमा लेखापढी गरेका हिरा गजुरेलको अनुभवमा कैलालीका ग्रामिण भागमा भने प्रतिकठ्ठा जग्गाको भाउ २२ देखि २५ लाख सम्म रहेको छ । उनका अनुसार हाइवे क्षेत्रमा अघिल्लो बर्षको तुलनामा १५ लाख सम्मले जग्गाको भाउ बढेको छ । धनगढी सबैभन्दा सानो परिमाणमा ५ धुरसम्म जग्गा कारोबार हुने गरेको छ ।
पाँच धुरको हाइवेमा २० देखि २५ लाख सम्म र ग्रामिण भागमा ५ देखि ६ लाखसम्म पर्ने गरेको उनले बताए ।
गजुरेलका अनुसार धनगढी बजारमा जग्गाको बढी कारोबार हुने गरेको छ । धनगढी र अत्तरियाको जग्गाको भाउ बढी पर्ने गरेको छ । सुख्खड, मालाखेती, सहजपुर, निकाले, खैलाड लगायतका क्षेत्रमा जग्गाको भाउ सस्तो पर्छ । त्यी क्षेत्रमा पनि जग्गाको कारोबार भने बढिरहेको छ ।
अघिल्लो बर्ष ४० करोड राजस्व
जिल्ला मालपोत कार्यालय कैलालीले अघिल्लो बर्ष १५ हजार लिखत पासमार्फत ४० करोड आम्दानी गरेको थियो । यसबर्ष हालसम्म ८ हजार लिखत पासबाट २० करोड राजस्व उठेको मालपोत अधिकृत मनोहर श्रेष्ठले जानकारी दिए ।
धनगढीमा रहेको मालपोत कार्यालयले ८ स्थानीय तहको जग्गा हेर्ने गरेको छ, जसमा १ उपमहानगरपालिका, ३ गाँउपालिका र ४ नगरपालिका पर्छन् । यता टिकापुरमा रहेको मालपोत कार्यालयले ५ स्थानीय तहको जग्गा हेर्ने गरेको छ ।