Monday, April 2, 2018

हिंसा पिडित महिलाहरुका लागि ५ दिने बाख्रा पालन तालिम सुखडमा  सुरु

विशाल पाण्डेय
सुखड , कैलाली । कैलालीको घोडाघोडिनगरपालिका- १ सुखडमा सोमबारदेखि घरेलु हिंसा पिडित महिलाहरुका लागि ५ दिने बाख्रा पालन तालिम सुरु भएको छ ।

घरेलु हिंसामा परेका महिलाहरुलाई  तालिम दिएर आत्मनिर्भर बनाउनका लागि यो तालिमको आयोजना गरिएको  तालिम ब्यवस्थापक पुस्प जोशीले  जानकारी दिनुभयो । " यस अघि पनि मार्बल , टायल फिटिङ्ग गर्नको लागि  तालिम दिइएको थियो तर महिलाहरु धेरै सहभागी नभएपछि  बाख्रा पालन तालिम तर्फ महिलाहरु उत्साहित भएको  हुनाले  यो तालिमको आयोजना गरेको जोशीले बताउनु भयो ।

आफुले पालेका बाख्राहरुलाइ दिर्घकालिन समय सम्म बचाउन सक्ने र केही बिरामी पर्दा भ्याक्सिन सम्म लगाउन सक्ने हुने तालिम सिकाइने तालिम ब्यवस्थापक जोशीले जानकारी दिनुभयो  । तालिम  पश्चात् सहजताका लागि बाख्राको खोर ब्यवस्थापन समेत गरिदिने जोशीले बताउनु भयो । तालिम दिइसकेपछी बर्ष भरी अनुगमन हुने र समय समयमा ट्रेनिङ दिइरहने समेत जोशीले बताउनु भयो ।

एक्सन फर डेभलपमेन्टले आयोजना गरेको महिला आर्थीक सशक्तीकरण  कार्यक्रम  अन्तर्गत तालिमको पहिलो चरणमा २०० जनालाइ आत्मनिर्भर  बनाउने  लक्ष्य  रहेको  र पहिलो चरणमा दिएको तालिम सफल भयो भने दोस्रो चरण्मा ३०० जनाको लक्ष्य  रहेको आयोजकले जानकारी दिएको छ ।

केही दिनपछी  ठेलागाढा तालिम  पनि सुरु  गरिने  आयोजकले जनाएको छ । प्लम्बिङ्को  तालिम पनि १७ जनालाइ अर्को हप्ता भित्र  कैलाली  जिल्लामा सुरु गर्ने कार्यक्रम ब्यवस्थापक जोशीले जानकारि दिनुभयो  ।

तालिम लिइ कन्चनपुरको गुलरिया र कृष्णपुरमा १० / १० जनाको समुहमा किसानहरु  तरकारी खेती गरि आत्मनिर्भर बनेको र अब केही साताभित्रै  कैलालीको चौमालामा पनि ७ जनालाई  प्लम्बिङको तालिम
दिइने आयोजकले जानकारी दिएको  छ ।

आयोजकले प्रदेश नं  ७ का  कैलाली ,कञ्चनपुर , बझाङ गरि ५ ओटा जिल्लामा हिंसा  पिडित महिलाहरुलाइ आत्मनिर्भर  बनाउने उद्देश्यले कार्यक्रमहरु गरिरहेको आयोजकले बताएको छ । गौरिगङ्गा नगरपालिका र घोडाघोडि नगरपालिका गरि  ४० जनाको सहभागिता रहेको  तालिमको प्रशिक्षण  वीर बहादुर ठकुल्ला र ओम आचार्यले  दिइरहनु भएको छ ।

No comments:

Post a Comment