Tuesday, April 3, 2018

कैलालीमा गौरिगङ्गा कप फुटबल प्रतियोगिता आयोजना हुँदै

विशाल पाण्डेय
सुखड, कैलाली ।
कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

गौरिगङ्गा  नगरपालिकामा फुटबलको वृद्धि बिकास साथै मध्य क्षेत्रलाई प्रदेश नं  ७ मा खेलकुदको क्षेत्रको रुपमा चिनाउने उदेश्यका लागि गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

"हाम्रो गोल लागू औषधि विरुद्धको गोल" भन्ने नारा सहित आयोजना हुन गइरहेको प्रतियोगिता यहि चैत्र २६ गते देखि गौरिगङ्गानगरपालिका ८ स्थित बढैपुरमा  सन्चालन हुने सोमबार पत्रकार सम्मेलन  गरि आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु २ लाख 
दृतियलाई रु १ लाख , उत्कृष्ट तर्फ उत्कृष्ट खेलाडिलाइ नगद  रु २५ हजार ,सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक,उत्कृष्ट मिड फिल्डरलाइ नगद ७ हजार, म्यान अफ द म्याचलाइ नगद रु २ हजार पुरस्कार  प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल महासंघका  केन्द्रिय  सदस्य दिपेन्द्र गिरिले खेलकै माध्यमबाट बढैपुरमा रहेको खेल मैदानलाइ रंगशाला  बनाउने उदेश्य रहेको बताउनु भयो ।

' सबैभन्दा उत्पिडनमा परेको ठाउँ सुदुरपश्चिम  हो, गाउबाट खेलाडी अघि बढेको देखिदैन , किन अगाडि आउदैनन भन्ने कुरालाइ यो प्रतियोगिताले चिर्ने गिरिले बताउनु भयो । साथै गिरिले  खेल क्षेत्र नराम्रो छैन ,कुनै पनि देशलाइ जित्न सक्ने भनेको खेलको माध्यमबाट हो , खेलको उर्जालाइ हामिले बाहिर निकाल्ने प्रयास गरेका छौ यसमा राज्यले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

No comments:

Post a Comment