कञ्चनपुर– महाकाली नदीको डढेल्धुरामा रहेको पारीगाउँ बाढी केन्द्रमा नदीमा आएको बाढीले सतर्कता तह पार गर्न थालेको छ ।
शनिबार बेलुकीदेखि महाकाली नदीले सतर्कता तह पार गरेकोले आइतबार बिहानसम्म सचेत रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । यस्तै कर्णाली नदीले पनि शनिबार सतर्कता तह पार गर्न सक्ने शाखाले जनाएको छ ।
यस्तै मनसुनी वायू सक्रिय भएकाले शुक्रबारदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आइतबार र सोमबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
No comments:
Post a Comment