गौरब बिष्ट
झलारी, भाद्र ९
कञ्चनपुरको लालपुर शाखाबाट बितरण हुने ३३ केबि लाईनमा समस्या आउदाँ शुक्रबार देखि अवरुद्ध भएको विद्युत सेवा शनिबार बेलुका मात्र सुचारु भएको छ ।
कञ्चनपुरको झलारी, पुनर्वास र बेलौरी लगायतका क्षेत्रमा विधुत सेवा अवरुद्द हुँदा समस्या उत्पन्न भएको थियो । कञ्चनपुरको शुक्लाफ़ाटा नगरपालिका ५ गर्जमुनीमा विधुतीय तार चुडिडा विधुत प्रसारण लाईन मा समस्या आएको कञ्चनपुर महेन्द्रनगरका सहायक इन्जिनियर ललित बहादुर चन्दले जानकारी दिएका छन् ।
विद्युत सेवामा समस्या आउदा स्वास्थ्य, संचार, विभिन्न ब्याबसाय लगायत सम्पूर्ण क्षेत्र मा समस्या उत्पन्न भएको थियो । देश नै आक्रान्त बनेको कञ्चनपुरमा बालिका बलात्कार र हत्याको बारेमा समेत सुचना संदेश समेत सुन्न नपाएको शुक्लाफाँटा नगरपालिकाका स्थानीयहरुको गुनासो रहेको छ ।
सरोकार वाला सम्बन्धित निकायलाई हिजो साँझ नै जानकारी गराएको भएतापनि आज राति परिसक्यो भोलि तिर आएर समस्या सामाधान गरिदिउला भनेर आलटाल गरेको झलारी बासीको भनाई रहेको छ ।
समस्या बारे बुझ्न खोज्दा कलुवापुर र झलारी शाखा का प्राबधिकहरुले फोनै अफ गरेका थिएभने महेन्द्रनगरलाई जानकारी गराउदा झलारी कलुवापुर शाखालाई जानकारी गराउनुस भनि पन्छिएका थिए ।
No comments:
Post a Comment