शितल भट्ट
बेलौरी भाद्र १३ –
बेलौरी उद्योग वाणिज्य संघले बुधबार एक बिषेश स्वागत एवम् परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बेलौरी नगरपालिका मा नयाँ सरुवा भई आउनु भएका उप–सचिव स्तरिय प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपाली र अधिकृत भोज बहादुर ऐडी लाई भव्य स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । यस्तै, कार्यक्रममा शसस्त्र प्रहरी सिमा सुरक्षा बल बेलौरीमा सरुवा भई आउनु भएका शसस्त्र प्रहरी निरीक्षक माधव जोशीलाई संयुक्त रुपमा स्वागत गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत नेपाली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट आउनु भएको हो भने, ऐडी लेकम गाँउपालिका दार्चुला बाट सरुवा भई आउनु भएको हो । यहाँ यस अघि कार्यकारी अधिकृत मंगल बहादुर शाहीले प्रशासनमा अनियमितता र असामान्य कार्य गरेको भन्दै अख्तियारमा उजुरी परेपछि नगरपालिकाको संयुक्त टोलिले शाहीलाई अन्यत्रै सरुवा फालेको हो । भने हाल बौद्धिक बरिष्ट र बिशिष्ट व्यक्ति नगरपालिकामा ल्याईएको नेकपा का युवा नेता यज्ञ राज कडँेल ले बताउनुभयो । यस्तै स.प्र.नि जोशी सि.सु.का कञ्चनपुर बाट बेलौरीमा स.प्र प्रमुखका रुपमा खटिएका छन ।
बेलौरी उद्योग वाणिज्य संघको स्वागत एवम् परिचयात्मक कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नेपाली ले बेलौरी नगर पालिकाको सम्बृद्धि र बिकाशका लागि राजनितिक दल संग छलफल र समुन्वय अपरिहार्य रहेको बताउनु भयो । उहाँले बेलौरी नगरपालिका भित्र रहेका असमानता हरुलाई आफ्नो क्षमता र योग्यताले भ्याए सम्म जग जाहेर गर्ने कुरामा जोड दिनु भयो ।
यस्तै, अधिकृत ऐडिले बेलौरी नगरपालिका को योजना निति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कार्यपालिका छलफल मा जुटिरहेको बताउदै उहाँले बेलौरी मा बिकास र निकास सम्मका धेरै कार्य गर्न बाँकी नै रहेकाले आफुले पाएको जिम्मेवारी र कर्तव्य लाई सम्बृद्धि तर्फ डोर्याउन लागि रहेको कुरामा प्रकाश पार्नु भयो ।
अर्को तर्फ यता बेलौरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष एवम् नेकपा का नेता यज्ञ राज कंडेलले प्रमुख प्रशासकिय नेपाली र ऐडी लाई स्वागत गर्नुहुदै भन्नुहुन्छ " बेलौरी नगरपालिका लाई नमुना नगरपालिका बनाउनमा यहाँहरुको महत्वपुर्ण योगदान रहने कुरामा हामी बिश्वस्त छौ, साथै नगरका सबै वडा तथा क्षेत्रलाई जनसङ्ख्या र भुगोलका आधारमा बजेट निर्धारण एवम् बाडफाँडमा हेरफेर गर्नु पर्नेमा जोड दिनुभयो । साथै अहिलेकोे मुख्य समस्याका रुपमा रहेको छाँडा पशु चौपायालाई नगरपालिकाले दिर्घकालिन रुपमा व्यवस्थापन गर्नुपर्ने सहितको धारणा समेत राख्नु भयो । साथै उहाँले बेलौरी नगरपालिकाको बिकाशको गतिलाई अब कसैले रोक्न नसक्ने समेत ठोकुवा गर्नु हुदै ५ बर्ष भित्र बेलौरी नगरपालिका का स्थानिय जनताले सम्बृद्धिको श्वास फेर्ने कुरामा जिकिर गर्नु भयो ।
यस्तै,नव आगन्तुक नेपाली र ऐडीको स्वागत एवम् परिचयात्मक कार्यक्रममा बोल्दै बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले नगरपालिकाले तत्काल नगरी नहुने कार्यहरुलाई बुदागत रुपमा स्मरण गराउनु भयो ।
१. बेलौरी नगरपालिकाको एकमात्र महत्वपुर्ण सडकखण्ड आर्यघाट जाने बाटोको समस्या तत्काल समाधान गर्नु पर्ने,
२. बेलौरी नगरपालिका अन्तर्गत रहेका ३ तिन मुख्य बजार ( बेलौरी, गोकुलपुर र कलकत्ता बजार ) क्षेत्रको फोहोर व्यवस्थापनमा जोड दिनु पर्ने,
३ बेलौरी बजार क्षेत्र साँझ पर्दा अन्धकारमय हुने भएकाले बजार क्षेत्रमा तत्काल सडक बत्ती एवम् सौर्य बत्ती जडान गरिनु पर्ने,
४. बेलौरी बजार क्षेत्र सामान्य पानी पर्दा समेत जलमग्न हुने भएकाले यो समस्याको दिगो समाधान गर्न तत्काल पहल गर्नु पर्ने,
५. छाँडा पशु चौपायाको उचित व्यवस्थापन गर्नु पर्ने
लगायत नगरको समग्र बिकास निर्माणका सवालमा उहाँले बिषेश जोडदिनु भयो । यस्तै अध्यक्ष चौधरी थप्नुहुन्छ, बेलौरी उद्योग वाणिज्य संघले पहिलो पटक यसै कार्तिक ८ गते बाट नगरको सहयोमा प्रथम औद्योगिक व्यापार तथा पर्यटन महोत्सव आयोजना गरिने जानकारी गराउदै आफुलाई औद्योगिक व्यापार तथा पर्यटन महोत्सव आयोजना गर्न उत्साह र हौसला प्रदान गर्नुहुने र कार्यक्रममा पाल्नुहुने सबैलाई स–धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँले बेलौरी उद्योग वाणिज्य संघको प्रथम महोत्सव भव्य र सव्यताका साथ सफल पार्न सबैलाई आह्वान समेत गर्नु भयो । कार्यक्रममा उद्योगी ब्यापारी बिज्ञ एवम् राजनितिज्ञहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
No comments:
Post a Comment