अर्जुन भण्डारी
पुनर्वास, असोज ०१
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयले आफ्नो ४७ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विद्यालयको प्रांगणमा विविध कार्यक्रमको आयोजना गर्दै विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
कार्यक्रममा उपस्थित अधिकांश वक्ताले निजि तथा सामुदायिक विद्यालय बिचमा हुने शैक्षिक गुणस्तर सम्बन्धमा चर्चा गरेका थिए । शिक्षक तथा समाजसेवी रामचन्द्र नेपालले सामुदायिक विद्यालय प्रति अभिभावकहरुको आकर्षक घट्दै गएको बताउनुभयो । सामुदायिक विद्यालय प्रति आकर्षक बढाउन शिक्षकका बालबालिका मात्र होइन सम्पुर्ण सरकारको लाभ लिएका जनप्रतिनिधि देखि कर्मचारीहरु समेतका बालबालिकालाई सामुदायिक विद्यालयमा समेट्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तारा लामा तामाङले विद्यालयले आयोजना गरेको बार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा शुभकामना दिँदै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय राज हमाल कार्यक्रमको सभापतिको आसनमा रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु कञ्चनपुर जिल्ला समन्वय समितिका सभापति फैरु तामाङ, पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, नगरपालिका उपप्रमुख शारदा विष्ट, उद्योग बाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण तामाङ, विद्यालय निरीक्षक शेर सिंह बिष्ट, पुर्व शिक्षक तथा समाजसेवी बिष्णुभक्त पौडेल रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका छात्राछात्रहरुले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए । बिद्यार्थीहरुलाई विभिन्न अक्षयकोष पुरस्कारबाट समेत पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक भरत बस्नेतले बताउनुभयो ।
No comments:
Post a Comment