Sunday, September 16, 2018

कैलालीमा एक महिलाको रहस्यमय अवस्थामा शव फेला


कञ्चनपुर। कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीमा रहस्यमय अवस्थामा एक महिलाको शव फेला परेको छ। नगरपालिकाको वडा नम्वर १० की २४ बर्षिया तुल्सी फुलाराको रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा शव फेला परेको हो। फुलाराको गयराती झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा शव फेला परेकाले फुलाराका माईती पक्षले हत्या भएको आरोप लगाएका छन्। शरिरमा पनि निलडाम भेटिएको छ।
Image may contain: 2 people, people smiling, people standing

फुलाराका दाई प्रभाष भट्टले आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा आत्महत्या हुन नसक्ने भएकाले फुलाराको हत्या भएको बताए। उनले श्रीमान प्रशान्त भट्टले फुलारामाथि पटक–पटक कुटपिट गर्ने, यातना दिने गरेका बताए। केहि समय अगाडी मात्रै फुलाराका श्रीमानले अवदेखि कुटपिट नगर्ने र यातना नदिने भन्दै परिवारका सदस्य सहित समाजमा प्रतिवद्धता जनाएका थिए।
तर फुलाराका श्रीमानले कुटपिट गर्दै दाईजोमा पाएको समान पनि जलाएका थिए। फुलारा र भट्टको डेढ बर्ष अगाडी मात्रै मागी विवाह भएको थियो। मृतकका श्रीमानले हत्या गरको भन्दै माईती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी दर्ता भएकाले अव घटनाको अनुसन्धान सुरु हुने जनाएको छ। अहिले मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।
Image may contain: 1 person, standing

No comments:

Post a Comment