हेमन्त न्यौपाने
पुनर्वास, कात्तिक ०१
जिल्ला प्रशासन कार्यालयले दसैंका दुई दिन मदिरा बिक्रीवितरण, उत्पादन, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । जिल्ला प्रशासनले गरेको निर्णयका बारेमा स्थानीय प्रहरी भने बेखबर जस्तै बनेको छ । निर्णय कार्यान्वयन गराउन प्रहरीको कुनै तदारुकता देखिँदैन । ईलाका प्रहरी कार्यालयको ईलाकामा पर्ने पुनर्वासका आइबिआरडी बजार देखि टाउन बजार सम्म मदिरा ओसारपसार गर्ने, बिक्रीवितरण गर्ने तथा सेवन गरि होहल्ला गर्ने कार्य प्रहरीकै अगाडी भईरहदा समेत प्रहरी अनभिज्ञ जस्तै बनेको छ ।
पछिल्लो समय कञ्चनपुरमा शान्तिसुरक्षाको चुनौती बढेर गएको छ । त्यसैमा सीमावर्ती क्षेत्रको पुनर्वास नगरपालिकामा शान्ति सुरक्षा अझै चुनौतीपूर्ण मानिन्छ । पछिल्लो समय मात्रै एक महिनाको अन्तरमा दुई नाबालिका अपहरणको शिकारमा परेका छन । यद्यपि उनीहरुको उद्धार भईसकेको छ । सीमा पारीबाट हुनसक्ने सम्भावित अपराधिक क्रियाकलाप तथा चाडपर्वमा हुन सक्ने थप जोखिम प्रति प्रहरी अनुदार देखिएको छ ।
प्रहरीसँग दसैं शान्तिसुरक्षा योजना नै छैन । गतका बर्षहरुमा प्रहरीले विशेष सक्रियता देखाउने गरेको थियो । राति तथा दिनमा पटकपटक पट्रोलिङ गर्ने, शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने, अपराधीक मानसिकता बोकेकाहरु निरुत्साहित गर्न प्रहरी सक्षम देखिन्थ्यो भने यस ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बमले दसैंकै निम्ति कुनै विशेष सुरक्षा योजना नभएको बताए । नियमित गस्ती भने भैरहेको उनले बताए ।
चाडपर्वको मुखमा हुनसक्ने सम्भावित घटनालाई रोकथामका लागि प्रहरीको सक्रियता नदेख्दा सुरक्षा चुनौती बढेर गएको स्थानीय बताउछन ।
पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण जैशीले आफ्नो वडामा समेत प्रहरीको सामान्य गस्ती बाहेक विशेष सुरक्षा गस्ती नभएको बताए । सीमापारीबाट हुन सक्ने सम्भावित अपराधीक गतिविधि तथा अन्य सुरक्षा चुनौतीलाई प्रहरीले सामान्यरुपले लिएको महशुस गरेको बताए ।
शान्तिसुरक्षामा अतिरिक्त गस्ती सहितको सुरक्षा योजना ल्याउन ईलाका प्रहरी कार्यालयलाई पुनर्वास नगरपालिकाले सुझाव दिएको नगरप्रमुख जीवनराज थापाका स्वकीय सचीव टेक थापाले बताए ।
No comments:
Post a Comment