कञ्चनपुर । हरेक वर्षझै यसपालीको दशैँमा पनि विभिन्न मठ मन्दिरमा लाग्ने मेलामा भगवानलाई खुशी पार्न भन्दै पशु बली दिईएको छ । तर यसको विरुद्ध आवाजहरु उठेपनि अझैसम्म हट्न सकेको छैन् । महाअष्टमी र महानवमी पर्वमा माता दुर्गाको प्रतिमामा पशुबली दिने परम्पराले निरन्तरता पाएको हो। तर पछिल्लो समय धर्मका नाममा पशु बली दिने प्रथाको विरोध हुन थालेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले पुश बलीलाई बढी महत्व दिने गरेकोमा पछिल्लो पटक विरोध हुन थालेको हो । धर्मका नामा पशुलाई बली चढाउने प्रथा जघन्य अपराध सरह भएकाले यसको अन्त्य गरेर विकल्प खोज्नुपर्नेमा जोड दिईएको छ।
भगवानलाई खुशी पार्न बली दिनुपर्छ भन्ने कुरा कुनै शास्त्रमा उल्लेख नगरिएको भएपनि पशुबली दिनेप्रथा हिन्दुमाझ आदिम कालदेखी चली आएको प्रथा हो । हिन्दुहरुले बडा दशैँमा दुर्गामातालाई खुसि पार्न भन्दै पशु बली चढाउदै आएका छन् । खासगरी महाअष्टमी र नवमीका दिन सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पशु बली चढाउने गरिन्छ । तर पछिल्लो पटक धर्मका नाममा पशुको हत्या गर्नु जघन्य अपराध सरह भएको भन्दै पशु बली प्रथाको अन्त्य गर्नुपर्ने भन्दै विरोध हुन थालेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७८ वर्षिय पुष्करराज कुँवर बली प्रथाको विकल्प खोज्नुपर्ने वताउँछन् ।
आदिमकालदेखी चलि आएको पशु बली प्रथालाई एकै पटक विस्थापित गर्ने कुरा जटिल भएपनि यसको विकल्प खोजेर अन्त्य गर्दै लैजानुपर्छ । पछिल्लो समय विगतको तुलनामा पशु बली दिने प्रचलन कम हुदै गएको छ। अब राँगा, बोका, कुखुराको बलीको विकल्पमा नरिवल केरा गोपिण्डाको बली दिएर भगवानको पुजा आराधना गर्न तीर बढि ध्यान दिनुपर्ने जानकी यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र रामजानकी मन्दिरका कोषाध्यक्ष द्धिजराज अवस्थीको सुझाव छ । हिन्दु धर्ममा आस्था राख्ने धेरैले त पछिल्लो समय पशु बली दिन छोडिसकेका छन्।
धर्मका नाममा पशुको बली चढाउनु अनुचित पापकर्म जस्तै लागेपछि पशु बली छोडेर त्यसको सट्टामा फलफूल चढाउने, नरिवल, केरा, गोपिण्डा लगायतको बली दिन थालिएको धनगढी उपमहानगरपालिका २ सरस्वतीनगरका मोहनसिह कुँवरले वताए । सुदूरपश्चिम प्रदेशका धेरै धामिर्क स्थलहरुमा पर्वका बेला पशु बली दिने प्रचलन छ । यसवर्ष पनि डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको देहिमाण्डौँमा रहको निङगलाशैनी भगवती मन्दिर, पाटनको उदयदेव मन्दिर, दार्चुलाको लटिनाथ, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिका लगायतका शक्तीपीठमा ठूलो संख्यामा पशुबली दिईएको छ ।
जनक विष्ट
जनक विष्ट दिनेश खवरका संवाददाता हुन। उनले राजनीति र समसामहिक विषयमा कलम चलाउछन्।
अन्य केही राष्ट्रिय समाचार
बडादशैँको नवौँ दिन आज महानवमी पर्व
खवर संवाददाता
कार्तिक १, ०६:०६
बडादशैँको नवौँ दिन आज देशभर शक्तीस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाईने गरिन्छ । … विस्तृतमा
दशैं मान्नका लागि घर जानेको ओईरो
नवराज पनेरु
असोज ३१, १२:५२
हिन्दुहरुको महान पर्व दशैले घर आगनमा पाईला टेक्नै लागेका वेला आफ्नो घर फर्किनेको ओईरो लागेको छ । रोजगारीका लागि विदेशिएकाहरु मात्रै होईन, विभिन्न कारणले घरभन्दा टाढा स्वदेशमै भएकाहरु पनि घर फर्किरह … विस्तृतमा
बडादशैंको आठौँ दिन आज महाअष्टमी
खवर संवाददाता
असोज ३१, ०६:३९
हिन्दुहरुको महान चाड बडादशैंको आठौँ दिन, आश्विन शुक्ल अष्टमीका अवसरमा आज शक्तीपिठका साथै घरघरमा महाअष्टमी पर्व मनाईदै छ । यो दिन विशेषगरी शक्तीस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्री गर्ने … विस्तृतमा
भर्खरैमुख्य समाचार
पशु बली विरुद्धका स्वरहरु आए पनि बली प्रथा हट्न सकेन्
बडादशैँको नवौँ दिन आज महानवमी पर्व
बस र कार एक आपसमा ठोक्किदा ७ जना घाईते
दशैं मान्नका लागि घर जानेको ओईरो
सवारी धनीको ईच्छा अनुसार चल्दा दशैँमा आवतजावतमा झनै सास्ती हुने
बडादशैंको आठौँ दिन आज महाअष्टमी
प्रबन्ध निर्देशक
गोपाल हमाल
प्रबन्धक
अमीता कुँवर
समाचार संयोजक
आर्जु
अनलाईन सम्पादक
सीताराम ओझा
रेडियो सम्पादक
नवराज पनेरु
संवाददाता
जनक विष्ट
कमल सावद
रोशन भट्ट
मार्केटिंग म्यानेजर
सञ्जीता कुँवर
091-410213
9868586095
sanjitadfm@gmail.com
लेखापाल
गौरव चौधरी
प्राविधिक टिम
रामदाश राना(प्राविधिक प्रमुख)
कल्पना सिह
मुकेश धामी
9858420418 (अमीता कुँवर)
9848422206 (सीताराम ओझा)
9848400890 (नवराज पनेरु )
091-410210 091-410211
dineshfm93.8mhz@gmail.com
प्रदेशकैलालीकन्चनपुरडडेलधुराडोटीबैतडीअछामबझाङ्गबाजुरादार्चुलादिनेश खबर बिशेषब्लगकला-साहित्यफोटोफिचरभिडियोसमाचारअर्थ-वाणिज्यकृषिपर्यटनप्रवासराष्ट्रियराजनीतिअन्तर्राष्ट्रियस्वास्थ्य-सौन्दर्य
तपाईको सुचना, हाम्रो समाचार
भ्रस्टाचार , अनियमितता सम्बन्धी र अन्य कुनै भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।"श्रोत गोप्य राखिने छ।"
No comments:
Post a Comment