Saturday, October 13, 2018

कैलालीको लालपुरमा प्रहरीले बल प्रयोग गरि चक्का जाम खोल्यो

कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ६ लालपुरमा स्थानियले गरेको चक्का जाम प्रहरीले बलपुर्बक खोलेपछि तनाव भएको छ। बिहीबार अत्तरिया बसन्तपुरमा बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा लालपुरका २ जनाको मृत्यु भएपछि विरोधमा चक्काजाम गरिएको थियो। मृतकका आफन्तहरुले क्षतिपुर्ती पाउनुपर्ने भन्दै सडक अबरुद्ध पारेपनि प्रहरीले बल प्रयोग गरेर खोलेपछि तनाव भएको हो। 
प्रहरीले चक्काजाम खोल्दै ४ जनालाई नियन्त्रणमा लिएपछि केहि बेर तनाव भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो क्रममा प्रहरीले केहि शेल अश्रुग्यास प्रहार पनि गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताउनुभयो। अहिले चक्काजाम खोलिएपछि पूर्ण रुपमा सवारी साधन सञ्चालन भईरहेको उहाले बताउनुभयो। बसको ठक्करबाट लालपुरका २६ वर्षका विक्रम खडका र २८ वर्षका हेमन्त साउदको विहिवार मृत्यु भएको थियो। 
 

No comments:

Post a Comment